उच्च अदालत वीरगञ्जको २९ प्रतिशत मुद्दा फछ्र्योट गर्न बाँकी
राष्ट्रिय समाचार समिति

श्रावण १४, २०८३

वीरगञ्ज। उच्च अदालत वीरगञ्जका २९ प्रतिशत मुद्दा फछ्र्योट गर्न बाँकी छ ।

आर्थिक वर्ष २०८२/०८३ मा दर्ता भएका मुद्दामध्ये दुई हजार ३७८ मुद्दा फछ्र्योट हुन बाँकी रहेको हो । दर्ता भएका तथा जिम्मेवारी सरेका समेत कूल आठ हजार २२४ मुद्दा उच्च अदालत वीरगञ्जमा दर्ता भएका थिए । जसमध्ये आव २०८२-०८३ मा पाँच हजार ८४६ मुद्दा फछ्र्योट भएका छन् ।

उच्च अदालत वीरगञ्जले आज पत्रकार सम्मेलनको आयोजना गरी आव २०८२/०८३ मा ७१ दशमलव शून्य आठ प्रतिशत मुद्दा फछ्र्योट भएको जनाएको छ ।

No data was found

आव २०८०/०८१ मा आठ हजार मुद्दामध्ये चार हजार ५२८, आव २०८१/०८२ मा कुल ८ हजार ३२९ मुद्दामध्ये चार हजार ७३५ थान मुद्दा फछ्र्योट गरिएको थियो ।

उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जका न्यायाधीश गोकर्ण डाँगीले आर्थिक वर्ष २०८२-०८३ मा फैसला हुन बाँकी रहेका मुद्दामध्ये छ महिनाभित्रका ९८७, एक वर्षभित्रका ६६९, बाह्रदेखि १८ महिनासम्मका २८२ तथा १८ महिना नाघेका २१ मुद्दा रहेको जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

मानसिक स्वास्थ्यलाई नीतिगत तथा संरचनागत प्राथमिकतामा राख्छौँः मन्त्री पोखरेल

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

खहरे खोलाको पहिरो अध्ययन गर्न विज्ञ बोलाइने

सभापति लामिछानेद्वारा कोशी र मधेसका सांसदसँग छलफल

वीरगञ्जमा  निषेधाज्ञा जारी

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति