भूकम्प पीडितका लागि पुनर्निर्माण कार्यविधि पारित, दुई लाख अनुदान लिनेले कर्जा नपाउने

असोज २८, २०७२

dhdiang earthequal jhokim basti 1
काठमाडौं – भूकम्पबाट पूर्ण रूपमा क्षतिग्रस्त घर निर्माण गर्न सरकारले चार चरणमा दुई लाख रुपैयाँ दिने तयारी गरेको छ । रकम वितरणको कार्यविधि सरकारले गत साता पारित गरेको छ । सहरी विकास मन्त्रालयको संयोजकत्वमा तयार पारिएको ‘भूकम्पबाट पूर्ण रूपमा क्षति भएका आवास पुनर्निर्माण अनुदान सहायता प्रवाह कार्यविधि ०७२’ मन्त्रिपरिषद्को समितिले पास गरेको छ ।

कार्यविधि अब कार्यान्वयनमा लगिने सहरी विकास मन्त्रालयका प्रवक्ता पदम मैनालीले बताए । तर, सहुलियत ऋण लिनेलाई सरकारले दुई लाख रुपैयाँ अनुदान नदिने भएको छ । कार्यविधिको बुँदा नम्बर ६(ज)मा भनिएको छ, ‘सहरी क्षेत्रमा २५ लाख र ग्रामिण क्षेत्रमा १५ लाख रुपैयाँ सहुलियत ऋण प्राप्त गर्ने घर परिवारले २ लाख रुपैया सहायता पाउने छैनन् ।’ कार्यविधिमा घर निर्माणका लागि दुई लाख रुपैयाँ चार किस्तामा दिने उल्लेख छ । सुरुमा २५ प्रतिशत, दोस्रो किस्ता ३० प्रतिशत, तेस्रो किस्ता ३५ प्रतिशत र १० प्रतिशत अन्तिम किस्ता दिने कार्यविधिमा उल्लेख गरिएको छ ।

भुकम्पपीडितलाई घरको जग बनाउन सुरुमा २५ प्रतिशत(५० हजार रुपैयाँ) सरकारले उपलब्ध गराउने छ । जग भूकम्प प्रतिरोधि निर्माण भएको प्राविधिक परिक्षणबाट पुष्टि भएपछि मात्र दोस्रो किस्ता ३० प्रतिशत (६० हजार रुपैयाँ) पीडितले पाउने कार्यविधिमा उल्लेख छ । ‘पिल्न्थभन्दा माथि गाह्रो, झ्याल, ढोकाको चौकोस राख्ने सम्पूर्ण कार्य भूकम्प प्रतिरोधि प्रविधि बमोजिम बनेरनबनेको बारेमा नियमित सुपरिवेक्षण गरी गाह्रो लगाउने काम सम्पन्न भएपछि तेस्रो किस्ताको लागि सिफारीस गर्ने,’ कार्यविधिमा उल्लेख छ । त्यस्तै, छानाको काम तोकिएको प्रविधि र गुणस्तरको कायम भएरनभएको नियमित अनुगमन गरेर मात्र चौथो किस्ताको सिफारीस हुने छ । घर निर्माण भइसकेको चार महिनापछि भूकम्पप्रतिरोधि प्रविधि प्रयोग गरी बनेको भवन भनेर सरकारले प्रमाणित गर्ने छ ।

No data was found

स्थानीय निकाय (जिविस, नगरपालिका, गाविस) बाट अनुदान दिने र सुरपरिवेक्षणको काम सहरी विकास तथा स्थानीय निकायबाट गराउने कार्यविधिमा उल्लेख छ । नयाँ पत्रिकाबाट

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा

गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

देशभर विभिन्न सात सडकखण्ड अवरुद्ध

यो पनि पढ्नुहोस