‘ट्राफिक प्रहरीको उद्देश्य सवारी दुर्घटना कम गर्नु हो, जरिवाना लिनु होइन’
राष्ट्रिय समाचार समिति

श्रावण १८, २०८३

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेले ट्राफिक प्रहरीको मुख्य उद्देश्य राजस्व सङ्कलन वा जरिवाना असुली नभई सडक दुर्घटना न्यूनीकरण गरी नागरिकको जीवन सुरक्षित बनाउनु रहेको बताउनुभएको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ, बागमती प्रदेश समितिले आज ललितपुरको, बालकुमारीले काठमाडौँमा आयोजना गरेको सम्मान, पदस्थापना तथा प्रशिक्षणमूलक कार्यक्रममा उहाँले सवारी चालकले ट्राफिक नियमको पालना गरे कुनै पनि प्रकारको कारबाही आवश्यक नपर्ने स्पष्ट पार्नुभयो ।
प्रमुख काफ्लेका अनुसार ट्राफिक प्रहरीको नियमित निगरानी, सचेतना र नियम कार्यान्वयनका कारण पछिल्ला महिनाहरूमा काठमाडौँ उपत्यकामा सवारी दुर्घटनाको दरमा कमी आएको छ । चालक तथा सर्वसाधारणले अनुशासित भएर ट्राफिक नियमको पूर्ण पालना गरे दुर्घटनालाई अझ प्रभावकारी रूपमा नियन्त्रण गर्न सकिने उहाँको भनाइ छ । कार्यक्रममा सहभागी यातायात व्यवसायी तथा चालकहरूलाई ट्राफिक सचेतना, सुरक्षित सवारी सञ्चालन र नियम पालनाको महत्वबारे जानकारी गराइएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

कांग्रेसद्वारा न्यायिक समिति गठन गर्न माग

राष्ट्र बैङ्क ऐनमा ‘डिजिटल करेन्सी’

महासङ्घका थप तीन विषयगत समिति गठन

इञ्जिनियरको भूमिकामा पूर्वाधार विकास र गुणस्तर निर्भर रहन्छ : मन्त्री श्रेष्ठ

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति