एनपिएल क्रिकेटः सुदूरपश्चिममाथि लुम्बिनीको जित

सम्बाददाता

कार्तिक १०, २०८३

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई हराउँदै प्रतियोगितामा सुखद् सुरुआत गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्समाथि सात विकेटको जित निकालेको हो । सुदुरपश्चिमले जितको लागि दिएको ८८ रनको सामान्य लक्ष्य पच्छाएको साविक विजता लुम्बिनीले ९ दशमलव ५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो ।

लुम्बिनीको जितमा ओपनर डार्सी सर्टले सर्वाधिक ४० रन बनाए । उनले १८ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ४० रन जोडेका हुन । त्यसैगरी आसिफ शेखले ३२ जोडे । निरोशन डिक्वेलाले ७ रन बनाए भने शमिम हुसेन एक तथा कप्तान रोहित पौडेल ५ रनमा अविजित रहे ।

No data was found

बलिङतर्फ सुदूरपश्चिमका अनिल खरेलले दुई विकेट लिँदा कप्तान दीपेन्द्रसिंह ऐरीले एक विकेट झारे ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले १७ दशमलव २ ओभरमा सवै विकेट गुमाउदै ८७ रन मात्र बनाएको थियो । सुदुरपश्चिमको लागि कप्तान दीपेन्द्रसिंह ऐरिले सर्वाधिक २७ रन जोडे । त्यसैगरी सैफ जैबले १३ रन जोड्दा अनिल खरेल १५ रनमा अविजित रहे । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । विनोद भण्डारीले ९ रन बनाउँदा इसान पाण्डेले ७ रन बनाए ।

बलिङतर्फ लुम्बिनी लायन्सका किशोर महतोले सर्वाधिक चार विकेट लिए । त्यस्तै शेर मल्लले तीन विकेट लिँदा साड्ली भान शाल्कविक, रोहित पौडेल र तिलक भण्डारीले समान एक–एक विकेट लिए ।

आगामी मङ्सिर ५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री बालेन्द्र शाहले गर्नुभएको थियो । उक्त प्रतियोगिताको खेल हेर्न शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसहित उच्च अधिकारीको उपस्थिति थियो ।

उक्त प्रतियोगिताअन्तर्गत भोलि दुई खेल हुनेछ । १२ः३० मा हुने पहिलो खेलमा विराटनगर किङ्ग्स र चितवन राइनोज आमने सामने हुनेछन् भने ४ः३० बजे हुने दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोट्ल्सविच प्रतिस्पर्धा हुनेछ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

एआई विस्तारसँगै झाङ चीनको सबैभन्दा धनी व्यक्ति

शिक्षामन्त्री पोखरेल र साइप्रसका राजदूतबीच शिष्टाचार भेटवार्ता

चितवनमा ट्रक, बस र माइक्रो ठोक्किए, ११ जना घाइते

सुनको मूल्य बढ्योः चाँदीको घट्यो

प्रधानमन्त्री राहत कोषमा सहयोग जुट्ने क्रम जारी

यो पनि पढ्नुहोस
सम्बाददाता