गजुरी खण्डमा पहिरो र खाल्डोका कारण पृथ्वी राजमार्ग एकतर्फी : मौसम खुलेपछि यात्रुलाई झन् सास्ती

सम्बाददाता

कार्तिक १६, २०८३

धादिङ। मौसममा सुधार आएसँगै दशैँ मनाएर संघीय राजधानी काठमाडौँ फर्कने यात्रु र सवारी साधनको चाप ह्वात्तै बढेको छ। तर, पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका(२ छहरा क्षेत्रमा पहिरो र बिग्रिएको सडकका कारण सवारी साधनहरू एकतर्फी मात्र सञ्चालन हुन बाध्य भएका छन्।

सडक विभाग र ट्राफिक प्रहरीले आवागमन सहज बनाउन बेला(बेलामा खाल्डाखाल्डी पुर्ने काम गरिरहेका छन्। यद्यपि, सामान्य वर्षा र सडकको कुनाबाट निरन्तर बग्ने पानीका कारण सडक पुनः बिग्रिएर हिलाम्मे र जोखिमपूर्ण बन्ने गरेको छ।

चाडपर्व सकिएर राजधानी फर्कने सवारीको बाक्लो चाप र नाजुक सडक संरचनाका कारण राजमार्गमा घन्टौँसम्म लामो जाम लाग्ने गरेको छ। मौसम सफा भएर यात्रा सहज हुने आशामा निस्किएका यात्रु तथा चालकहरूले भने सडकको दुरावस्थाका कारण सास्ती खेप्नुपरिरहेको छ।
तस्बिरहरू: शंकर श्रेष्ठ

No data was found

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

कात्तिक १६ सम्म सात हजार ६८८ विपद्का घटना

एनपिएल क्रिकेटः काठमाडौँले टस जित्यो

भूमि प्रशासनसम्बन्धी सेवा एक महिनाभित्र  सबै स्थानीय तहबाट हुनेछ: प्रधानमन्त्री

म्याग्दीमा मनसुनजन्य विपद्बाट करिब आठ सय घरपरिवार प्रभावित

भेनेजुएलामा विद्रोही शिविरमा आक्रमण, १९ जनाको मृत्यु

यो पनि पढ्नुहोस
सम्बाददाता