सुक्खा पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

राष्ट्रिय समाचार समिति

कार्तिक २४, २०८३

नारायणगढ। चितवनको इच्छाकामना गाउँपालिका(४ घोप्टेभिरमा आज बिहान सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग दुईतर्फी रूपमा अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार बिहान करिब ५स्०० बजे सडक माथिबाट सुक्खा पहिरो खसेपछि यातायात अवरुद्ध भएको हो ।
प्रहरी र सडक डिभिजन कार्यालयको पहलमा पहिरो हटाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको उहाँले बताउनुभयो । पहिरो हटाएर सडक खुलाउन एकदेखि दुई घण्टा लाग्ने अनुमान गरिएको उहाँले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

राष्ट्रपति पौडेलद्वारा गाई पूजा

इरानसँगको वार्तामा प्रगति नभएको रुबियोको भनाइ

सुनचाँदीको मूल्य बढ्यो

दिउँसो १ः०० बजेसम्म घोप्टेभिरको पहिरो पन्छाएर सडक सञ्चालन गर्ने तयारी

कार्तिक शुक्ल प्रतिपदा: आज गाई पूजा गरिँदै

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति