काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले गाई तिहारका दिन गाईको पूजा गर्नुभएको छ । उहाँले राष्ट्रपति भवन शीतल निवासमा धनधान्यकी देवी लक्ष्मीको प्रतीकस्वरूप गाईको पूजा गर्नुभएको हो ।
राष्ट्रपति पौडेलले विधिपूर्वक गाईको पूजा गरी खानेकुरा खुवाउनुभयो । तिहार पर्वको अवसरमा समृद्धि र सौभाग्यको प्रतीकका रूपमा गाईको पूजा गरी सम्मान व्यक्त गर्ने परम्परा छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0