काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजन अन्तर्गत आज एक खेल हुँदैछ ।
त्रिवि क्रिकेट मैदानमा मंगलबार साँझ ५ बजेबाट हुने खेलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदैछ ।
सुदूरपश्चिमले एनपीएलको यो सिजनमा अहिलेसम्म ५ खेल खेलेको छ भने अंकतालिकामा ६ अंक जोडेको छ । तेस्रो स्थानमा रहेको सुदूरपश्चिमले अहिलेसम्म ३ वटा खेल जितेको छ भने २ वटामा हार व्यहोरेको छ ।
यस्तै, जनकपुर बोल्ट्सले पनि ५ वटै खेल जितेको छ । जनकपुर अकंतालिकाको पाँचौँ स्थानमा रहेको छ । आजको खेल जित्नुपर्ने दबाबमा रहेको जनकपुरले २ जित र ३ हारसहित अंकतालिकामा ४ अंक जोडेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0