जेब्रा क्रसिङमा पार्किङ : सांसद श्रेष्ठको सवारीसाधन जरिवानामा

पाविलन्युज

कार्तिक २५, २०८३

धादिङ। जेब्रा क्रसिङमा सवारीसाधन पार्किङ गरेर ट्राफिक नियम उल्लङ्घन गर्ने धादिङ क्षेत्र नम्बर २ का सांसद बोध नारायण श्रेष्ठको सवारीसाधनलाई जरिवाना गरिएको छ । सांसद श्रेष्ठले प्रयोग गर्ने बागमती प्रदेश विएवि १३९३ नम्बरको सवारीसाधन धादिङबेसीको बीचबजार चोकमा रहेको जेब्रा क्रसिङमा पार्किङ गरिएको समाचार सार्वजनिक भएपछि ट्राफिक प्रहरीले जरिवाना गरेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख शिशिर थापाका अनुसार ट्राफिक नियम उल्लङ्घन गरेबापत अनलाइन प्रणालीबाट जरिवाना निर्धारण गरिएको छ । उनका अनुसार नियम उल्लङ्घनको प्रकृतिअनुसार ५ सयदेखि १ हजार ५ सय रुपैयाँसम्म जरिवाना हुन सक्छ ।

‘अनलाइनमा जति आउँछ, त्यति नै पेमेन्ट गर्ने हो । पेमेन्ट गर्ने बेला अटो देखिन्छ । सिस्टमले दिएअनुसार उहाँहरूले जरिवाना तिर्नुपर्छ,’ थापाले भने, ‘५ सयदेखि १ हजार ५ सय रुपैयाँसम्म सिस्टमले निर्धारण गरेअनुसार जरिवाना हुन्छ ।’

No data was found

सञ्चारमाध्यममा सांसद श्रेष्ठको सवारी जेब्रा क्रसिङमा पार्किङ गरिएको समाचार सार्वजनिक भएपछि गजुरीबाट जरिवानाको प्रक्रिया अघि बढाइएको उनले बताए । मंगलबार बिहान झिगु नेवाः समाज धादिङले आयोजना गरेको नेपाल संवत् तथा दीपावलीको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुन सांसद श्रेष्ठ धादिङ आएका थिए । सोही क्रममा उनका चालकले धादिङबेसीको बीचबजार चोकमा रहेको जेब्रा क्रसिङमै सवारीसाधन पार्किङ गरेका थिए ।

जेब्रा क्रसिङमा पार्किङ गरि ट्राफिक नियम उल्लङ्घन गरेको स्वीकार गर्दै सांसद श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन्, ‘गलत गलत नै हो, चाहे सचिवालयबाट होस् वा माननीयबाट । गल्ती स्वीकार्नु र त्यसबाट पाठ सिक्नु पनि एक असल नागरिकको पहिचान हो ।’
उक्त घटनाबारे नेपालपथ डटकमले समाचार प्रकाशित गरेको थियो । श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० बाट निर्वाचित धादिङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य हुन् ।

 

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

जेब्रा क्रसिङमा पार्किङ : सांसद श्रेष्ठको सवारीसाधन जरिवानामा

कोप–३१ः ‘जलवायु उत्थानशील ऊर्जा पूर्वाधार र स्वच्छ ऊर्जा लगानी’बारे छलफल

नेकपाका संयोजक दाहालद्वारा नेपाल संवत्को शुभकामना

तालिमप्राप्त कुकुर परिचालन 

इरानसँगको युद्ध सैन्य रूपमा समाप्त भएको ट्रम्पको दाबी

यो पनि पढ्नुहोस
पाविलन्युज