सभामुख अर्यालद्वारा सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण

राष्ट्रिय समाचार समिति

मंसिर १, २०८३

काठमाडौँ। सभामुख डोलप्रसाद (डिपी) अर्याल वीरगञ्जस्थित सहिद स्मारकमा मधेस आन्दोलनका क्रममा आफ्नो जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति पुष्पहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।
उहाँले सहिदहरूको त्याग, बलिदान र योगदानको स्मरण गर्दै सहिदहरूले देखेका समानता, सामाजिक न्याय, अधिकार र सम्मानसहितको समाज निर्माणको सङ्कल्पलाई आत्मसात् गर्नुपर्ने बताउनुभयो ।
आज बिहान  सभामुख अर्याल छठ पर्वको अन्तिम दिन कलैयास्थित रामजानकी छठघाटमा पुगेर उदाउँदो सूर्यलाई अघ्र्य अर्पण तथा छठी माताको पूजा–आराधनामा सहभागी पनि हुनुभएको उहाँको सचिवालयले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

नेपालको ऋण मुक्तिको सङ्कल्पले महालक्ष्मी विशेष साधना

कात्तिकमा सवारी नियम उल्लङ्घन गर्ने १२ हजार ९६७ चालक कारबाहीमा

बागमतीलाई योगमय प्रदेश घोषणा गर्छौः मुख्यमन्त्री थापा

‘कार्बन बजारमा संसदीय निगरानी र समुदायको लाभ सुनिश्चित हुनुपर्छ’

उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेसँगै छठ सम्पन्न 

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति