कात्तिकमा सवारी नियम उल्लङ्घन गर्ने १२ हजार ९६७ चालक कारबाहीमा

राष्ट्रिय समाचार समिति

मंसिर १, २०८३

काठमाडौँ। काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने १२ हजार ९६७ जना सवारीचालक गएको महिनामा कारबाहीमा परेका छन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कारबाहीमा पर्नेमा सबैभन्दा बढी मादक पदार्थ सेवन (मापसे) गरी सवारीसाधन चलाउने छन् ।
कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार यही कात्तिक १ गतेदेखि २९ गते सम्म मादक पदार्थ सेवन गरी सवारी चलाउने दुई हजार ८९२ जना र लागुपदार्थ सेवन (लापसे) गरी सवारी चलाउने ७८ जना चालक कारबाहीमा परेका हुन् ।
प्रहरीले मादक पदार्थ तथा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउँदा सडक दुर्घटनाको जोखिम बढ्ने भएकाले त्यस्ता गतिविधि नियन्त्रणका लागि नियमित जाँच तथा निगरानी गर्दै आएको छ ।
मादक पदार्थ वा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउन कानुनले निषेध गरेको छ । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ तथा प्रचलित कानुनी व्यवस्थाअनुसार मापसे र लापसे गरी सवारी चलाउने चालकलाई कारबाही गर्ने व्यवस्था छ ।
प्रहरीले सवारीचालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न तथा मादक पदार्थ र लागुपदार्थ सेवन गरी सवारीसाधन नचलाउन आग्रह गरेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

नेपालको ऋण मुक्तिको सङ्कल्पले महालक्ष्मी विशेष साधना

कात्तिकमा सवारी नियम उल्लङ्घन गर्ने १२ हजार ९६७ चालक कारबाहीमा

बागमतीलाई योगमय प्रदेश घोषणा गर्छौः मुख्यमन्त्री थापा

‘कार्बन बजारमा संसदीय निगरानी र समुदायको लाभ सुनिश्चित हुनुपर्छ’

उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेसँगै छठ सम्पन्न 

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति