गंगाजमुनामा लैङ्गिक हिंसाविरुद्ध सचेतनामूलक र्‍याली, सडक नाटक तथा हस्ताक्षर अभियान शुभारम्भ

पाविलन्युज

मंसिर ९, २०८३

धादिङ। लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान २०२६ अन्तर्गत गंगाजमुना गाउँपालिकामा प्रयास नेपाल धादिङ संयुक्त आयोजनामा सचेतनामूलक र्‍याली, विद्यालय स्तरीय सडक नाटक तथा लैङ्गिक हिंसाविरुद्ध हस्ताक्षर अभियान शुभारम्भ गरिएको छ।

कार्यक्रममा कृषक समूहका प्रतिनिधि, लैङ्गिक च्याम्पियन, माध्यमिक तहका बालबालिका तथा फोकल शिक्षकहरूको उल्लेख सहभागिता रहेको थियो।
गंगाजमुना गाउँपालिका उपाध्यक्ष रामेश्वर सिम्खडाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुदिप ढुंगाना, वडा अध्यक्ष कुमारबहादुर अधिकारी तथा प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले लैङ्गिक हिंसाविरुद्धको अभियानको महत्व र यसको अन्त्यका लागि स्थानीय सरकार, विद्यालय, समुदाय तथा सरोकारवालाहरूको भूमिकाबारे धारणा राख्नुभएको थियो।

सचेतनामूलक र्‍याली तथा विद्यालय स्तरीय सडक नाटक मार्फत लैङ्गिक हिंसाका विभिन्न स्वरूप, यसको असर, रोकथाम, लैङ्गिक समानता, बालअधिकार र सम्मानजनक व्यवहारसम्बन्धी सन्देश प्रवाह गरिएको थियो। साथै, लैङ्गिक हिंसाविरुद्ध सामूहिक प्रतिबद्धता जनाउन हस्ताक्षर अभियान समेत सुरु गरिएको छ।
कार्यक्रममा प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले लैङ्गिक हिंसा कुनै एक व्यक्ति, परिवार वा महिलाको मात्र समस्या नभई सामाजिक न्याय, मानव अधिकार, बाल संरक्षण, सुशासन र समग्र विकाससँग जोडिएको साझा चुनौती भएको विषयमा तथ्यांक सहित जानकारी गराउनु भएको थियो । हिंसा विरुद्धका अभियानलाई नारामा मात्र सीमित नराखी पीडितको न्यायमा पहुँच, बालबालिकाको सुरक्षा, हिंसामुक्त विद्यालय, प्रभावकारी न्यायिक प्रणाली र सुरक्षित डिजिटल वातावरण निर्माणमा केन्द्रित गर्नुपर्ने आवश्यकता औँल्याउनु भएको थियो।

No data was found

हिंसा सहनु बाध्यता होइन, हिंसा गर्नु अपराध हो र हिंसाविरुद्ध आवाज उठाउनु प्रत्येक नागरिकको अधिकार तथा जिम्मेवारी हो। १६ दिन मात्र नभई वर्षका ३ सयय ६५ दिन नै लैङ्गिक समानता, बालअधिकार, मानव मर्यादा र हिंसामुक्त समाज निर्माणका लागि सबै प्रतिबद्ध हुनुपर्ने बताउनु भएको थियो।

आड्रा नेपालको साझेदारीमा सञ्चालित उत्थानशील जीविकोपार्जन तथा खाद्य सुरक्षा सुदृढीकरण परियोजना र गंगाजमुना गाउँपालिकाको सहकार्यमा कार्यक्रम सम्पन्न भएको प्रयास नेपाल धादिङकी लैङ्गिक सहायक शर्मिला गुरुङले जानकारी दिनुभयो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

गंगाजमुनामा लैङ्गिक हिंसाविरुद्ध सचेतनामूलक र्‍याली, सडक नाटक तथा हस्ताक्षर अभियान शुभारम्भ

पोखरा अन्तरराष्ट्रिय विमानस्थलको अन्तरराष्ट्रिय उडानमा यात्रुको आकर्षण बढ्दै

मागअनुसारको ग्यासको आयात बढाउन निगमको निर्देशन

अभिभावकविहीन बालबालिकाको हेरचाहमा पारिवारिक प्रणालीलाई प्राथमिकता दिनुपर्ने

धादिङबेशीमा सञ्चालनमा आयो १ करोड ४५ लाख लगानीको वेलनेस सेन्टर एण्ड कफी शप

यो पनि पढ्नुहोस
पाविलन्युज