बालबालिका तथा किशोरीहरुमा लैंगिक हिंसाको चुनौति

यसको सन्दर्भ डोमिनिकन गणतन्त्र मिरावेल परिवारका ३ साहसी दिदी बहिनीहरु पेट्रीया,मिनर्भा र मारियाको तत्कालिन त्रिजिलो तानाशाही सरकारले सन् १९६० नोबेम्बर २५ मा गरेको हत्यासँग जोडिएको छ ।  यसरी ३ दिदि बहिनी बिरुद्धको हिंसाको रुपमा लिई महिला बादीहरुले उनीहरुको सम्झनामा बिभिन्न कार्यक्रम गर्दै मनाउने परम्पराको सुरुवात गरेको हो । पछि सन् १९९९ मा संयुक्त राष्ट्रद्वारा यसलाई आत्मासाथ गरी नोबेम्बर २५ को दिनलाई संसार भरी नै महिला बिरुद्धको हिंसा अन्त्यका लागि अन्तराष्ट्रिय दिवसको रुपमा स्थापित गरियो।