अधिवक्ता रबिना पौडेल
इतिहास
महिला माथि हुने हिंसा मानव अधिकारको सवाल हो । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको हिजो २५ नोभेम्बरबाट १६ दिनको लागि सुरु भएको छ । यसको शुरुवात महिला विरुद्धको हिंसा अन्त्यका लागि सन् १९९१मा सेन्टरफर ओमन्स ग्लोवल लिडरसीप ( CWGL) को सहयोगमा बिभिन्न २३ देशका उत्साहीत महिला अधिकार कर्मी समुहले गरेको थियो । त्यसपछि हरेक २५ नोभेम्बर देखि १० डिसेम्बरसम्म अन्तराष्ट्रिय अभियानका रुपमा विश्वव्यापी रुपमा मनाउँदै आएको पाइन्छ । हाल १६ दिने अभियानलाइ विश्वभर मनाउन थालेको ३४ वर्ष भइसकेको छ ।
यसको सन्दर्भ डोमिनिकन गणतन्त्र मिरावेल परिवारका ३ साहसी दिदी बहिनीहरु पेट्रीया,मिनर्भा र मारियाको तत्कालिन त्रिजिलो तानाशाही सरकारले सन् १९६० नोबेम्बर २५ मा गरेको हत्यासँग जोडिएको छ । यसरी ३ दिदि बहिनी बिरुद्धको हिंसाको रुपमा लिई महिला बादीहरुले उनीहरुको सम्झनामा बिभिन्न कार्यक्रम गर्दै मनाउने परम्पराको सुरुवात गरेको हो । पछि सन् १९९९ मा संयुक्त राष्ट्रद्वारा यसलाई आत्मासाथ गरी नोबेम्बर २५ को दिनलाई संसार भरी नै महिला बिरुद्धको हिंसा अन्त्यका लागि अन्तराष्ट्रिय दिवसको रुपमा स्थापित गरियो।
साथै सन् १९९१मा क्यानडाका युवाहरुले सेतो रिवन बाधेर यो दिवस म हिंसा सहन्न आफूपनि गर्दिन र देखेमा प्रतिकार गर्छु भनि सेतो रिवन अभियान सञ्चालन गरेका थिए । उक्त दिन देखी सेतो रिवनलाई लैंगिक हिंसा विरुद्धको प्रतिकको रुपमा प्रयोग गर्दै आएको पाइन्छ ।
लिखित इतिहासलाइ नियाल्दा नेपालमा महिला विरुद्ध हुने हिंसाको सम्बन्धमा आवाज उठाउने प्रथम महिला योगमाया न्यैपाने हुन् ।
१६ दिने अभियानको सुरुबात नेपालमा वि स २०५४ देखि भएको पाइन्छ । तर नेपाल सरकारको मन्त्रीपरिषद्ले २०७५ मा आएर मात्र लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानलाई सामाजिक सचेतना सहितको प्रत्यक वर्ष सबै स्थानिय पालिका प्रदेश तथा संघमा सञ्चालन गर्ने निर्णय गरेको थियो ।
वर्तमान चुनौतीहरु
वर्तमान अवस्थामा बालबालिका तथा किशोरकिशोरीहरुको मोवाइल ल्याप्टप इन्टरनेट जस्ता विभिन्न प्रविधि तथा उपकरणको प्रयोगमा आकर्षण बढिरहेको छ । सानै उमेरमा सामाजिक सञ्जालको प्रयोग गर्ने नचिनेको मानिसहरुसँग साथी बनाइ कुरा गर्ने व्यक्तिगत् तस्वीर सुचना भावनाहरु सार्वजनीक गर्ने स्वभावले गर्दा उनीहरुलाइ सुरक्षाको घेरा भित्र राख्न ज्यादै कठिन भइरहेको छ ।
प्राकृतिक तथा शारीरिक उमेर कम भएपनि बालबालिका तथा किशोरकिशोरीहरुमा मानसिक उमेरको छिटो बृद्धि बिकास भइरहेको छ। बालबालिकाहरुको सोच, ब्यवहार ठूलो मान्छेको जस्तो हुदै गएको छ।
यसको नमरात्मक पक्ष भने अत्यन्तै जोखिम पुर्ण तथा डरलाग्दो देखिन्छ । प्रविधिको विकाससँगै नयाँ नयाँ किसिमको अपराधिक गतिविधिहरु हिंसाका घटनाहरु बढ्ने क्रममा छन्। त्यसको शिकारमा त्यस्ता बालबालिकाहरु फस्ने जोखिम उच्च रहन्छ ।
साथै बिद्ध्यालयको कक्षा कोठा भित्र बालबालिका तथा किशोरकिशोरीहररुलाई एउटै बेन्चमा मिसाएर राख्ने तर बिपरीत लिङ्गका मानिसहरुसँगको कतिको दुरी काएम गर्नुपर्छ कस्तो व्यबहार गर्नु पर्छ अरुले नराम्रो व्यबहार गर्दा कसरी प्रतिकार गर्नु पर्छ भन्ने बिषयमा ज्ञान नदिदा नजानी नजानी बालबालिका तथा किशोरकिशोरीहरु बिभिन्न किसिमका हिंसाको सिकार तथा हिंसामा संलग्न भइरहेका छन् ।
अशिक्षित, मादक पदार्थ सेवन गर्ने झगडालु परिवारको तथा समाजको सदस्यका कारण बालबालिकाहरुले गलत संस्कार सिक्ने, थप कमजोर र असुरक्षाको महसुस गर्ने, ट्रमा बिपिडी जस्ता बिभिन्न मनोसामाजिक तथा मानसिक समस्याहरु देखा पर्न थालेका छन् ।
विशेष गरी बालिका तथा किशोरीहरु शारिरीक यौनजन्य मानसिक सामाजिक साँस्कृतिक हिंसामा फस्ने गरेको पाइन्छ । उमेरको बृदीसँगै हुनुपर्ने परिवर्तन भन्दा अघिनै उनीहरुमा आएको परिवर्तनहरु जस्तै छोटो कपडाहरु लगाउन मान लाग्ने, सृङगार गर्न रुचाउने, बिपरीत लिंगका मानिसहरु पटिको आकर्षण हुने, साथी बनाउन रूचाउने स्बभावहरु देखापर्न थालेपछि नीजलाई उनीहरुको परिवारले वा आमाबुवाले सम्झाईबुझाई नगरी उल्टै उनीहरुलाई पिट्ने गाली गर्ने हेलाग्ने मार्छु तथा मर्छु जस्ता धम्कीहरु दिने सामाजिक रुपमा नराम्रो नजरले मुल्याङ्कन गर्ने गर्दा त्यस्ता बालिकाहरुलाइ बेसहारा भएको महसुस भइ झन् परपुरुषहरुलाई नै आफ्नो ठान्ने, धेरै विश्वास गर्ने, मनको व्यक्तिगत सुचना तथा कुराहरु पनि सुनाउने, धरै नजिक हुने नीजले गरेको नराम्रो व्यबहारहरु मन नपरेपनि सहेर बस्ने र झनै धेरै किसिमका हिंसाको दलदलमा फस्ने, असुरक्षित हुने सम्भावानाहरु रहन्छ ।
शारीरीक मानसिक भावनात्मक रुपमा राम्रोसँग बिकास नभइसकेको बालिका तथा किशोरीहरुको कलिलो मस्तिष्कमा नै यस्ता लैंगिक हिंसाले पुर्याएको चोटले निजको भविष्य नै अन्धकार बनाइदिन्छ ।
संसारमा हरेक ३ मध्ये एकजना महिलाले आफ्नो जीवन कालमा कुनै न कुनै प्रकारको हिंसा भोग्छन् त्यसले हिंसामा संलग्न पीडक महिलाले चिनेको, माया गर्ने, विश्वास गर्ने व्यक्ती हुने गर्दछन् । हरेक दिन महिलाले व्यक्तिगत तथा सार्वजनिक क्षत्रमा कुनै न कुनै प्रकारको हिंसाको सामना गर्नु परेको छ ।
कानुनी व्यवस्था
नेपालको संविधानले लैंगिक विभेदको अन्त्य गरी आर्थिक समानता समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागिता मुलक सिद्धान्तका आधारमा समता मुलक समाजको निर्माण गर्ने संकल्प गरेको छ ।
नेपाल सरकारले लैंगिक हिंसाको सम्वोधनका लागि नीतगत व्यवस्थाका साथै विभिन्न कार्यक्रम तय गरेको छ । यद्यपि यस्था हिंसाहरुमा कुनै पनि कमी आउन सकेको छैन ।
समाधानका उपाएहरु
यदि त्यी अबोध कलिला बालिका तथा किशोरीहरुलाइ घरमै बुवाअमा तथा अन्य घरपरिवारकै दाई दिदीहरुले सम्झाउने उसको कुरा सुनिदिने, उनीहरुलाइ उचित हेरचाह गर्ने, फकाउने आफ्नो निग्रानिमा राख्ने गरीयो भने बालिकाहरुको पर पुरुषहरुसंगको आकर्षण घटेर जाने गर्छ र उनीहरुलाई सुरक्षाको दायरा भित्र राख्रन सहज हुन्छ ।
बालबालिकाहरुलाइ सेल्फ लभको बारेमा ज्ञान दिने । सबैभन्दा धेरै माया आफैलाइ गर्नु पर्छ । आफूलाई अनुसाशनमा रख्नु पर्छ । अरुको लागि आफुलाई हानी हुने किसिको जस्तै डक्स, धुम्रपान, मादकपदार्थको सेवन गर्ने, आफ्नै शरीरलाई हानी गर्ने, हात काट्ने जस्ता नकरात्मक व्यवहारमा संलग्न हुन नहुने सन्देश दिनु पर्छ ।
अभिभावकहरुले शान्तिपूर्ण वातावरणको निर्माण गर्दै बालबालिकाहरुलाई उचित स्याहार हेरचाहा पालज पोषण माया साथ आत्मीयता दिनुपर्छ ।
हिंसाको उच्च जोखिममा परेका र पीडित बालबालिकाहरुमा मनोसामाजिक तथा मानसिक समस्याहरु देखिनु भन्दा अगाडी नै पहिचान गरी वा देखिएपछि तुरुन्तै मनोबिमर्श कर्ता तथा मनोरोग विशेषज्ञहरुकोमा लगी समयमा नै उपचार गरि हाल्नु पर्छ ।
विपरित लिंगका व्यक्तिहरुसँग निश्चित दुरी कायम गर्ने, आत्मासम्मान पूर्वक व्यबहार गर्ने सस्कारको विकास गर्नुपर्छ ।
राज्य तथा नागरिक समाजको तर्फबाट लैंगिक हिंसा विरुद्ध जनचेतनामुलक कार्यक्रमको आयोजना गर्ने, राज्यले लैंगिक हिंसालाई उचित नियमन तथा नियन्त्रण गर्ने दण्डहिनताको अन्त्य गर्ने पीडितलाइ न्याय तथा पीडकलाइ सजायको व्यवस्था गर्ने गर्दा पनि लैंगिक हिंसालाई नियुनिकरण गर्न सकिन्छ ।