गाउँ हराउँदै छ !!!!

गाउँघरको बस्ती अब सहरतिर लाग्यो, जन्मिएको घरगाउँ आज आफ्नै लागि नौलो लाग्यो। कुनै समय बिहानै कुखुराको डाकसँगै ब्युँझिने गाउँ, गाईबस्तुको घण्टी, मेलापातका गफ, पँधेराको पानी, चौतारीको छहारी र खेतबारीको हरियालीले जीवन्त हुन्थ्यो। गाउँका बाटाहरूमा आत्मीयता भेटिन्थ्यो, घरका आँगनमा सद्भाव फुल्थ्यो र छिमेकीको दुःखमा सिङ्गो गाउँको मन रुन्थ्यो। तर आज समय फेरिएको छ, गाउँको स्वरूप फेरिएको […]