शिक्षक आन्दोलन: मागको सम्बोधन, संवाद र नेतृत्वको प्रश्न

आज पनि कतिपयलाई लाग्न सक्छ- “शिक्षकहरूले आन्दोलन नगरी आफ्ना माग राख्न सक्दैनन् र? आन्दोलन नै अन्तिम विकल्प हो त?” तर यथार्थ त्यस्तो छैन। लोकतान्त्रिक समाजमा सरकारलाई आफ्ना प्रतिबद्धता सम्झाउने र जिम्मेवार बनाउने अन्तिम प्रभावकारी माध्यममध्ये आन्दोलन पनि एक हो। शिक्षकका आन्दोलनहरू अन्य आन्दोलनहरूभन्दा फरक हुने गरेका छन्।