Fri. Mar 29th, 2024

धादिङका ग्रामिण विद्यालयमा निशुल्क कम्प्युटर र इन्टरनेट

८ असोज, धादिङ –

 

 

एकाइसौ शताब्दीमा प्रविधिको विकास संगसगै विद्यालयका बालबालिकाहरुलाइ सुचना र प्रविधिसंग नजिक बनाउन गाउँ गाउँका विद्यालयहरुमा कम्प्युटर ल्याव र इन्टरनेट सेवाको विस्तार भएको छ । प्रेम सागर फाउण्डेशन, दि प्रेम रावत फाउण्डेशन र हिमालय चिल्ड्रेन च्यारिटीले धादिङका ३ वटा र मकवानपुरको एउटा माद्यमिक विद्यालयमा निशुल्क कम्प्युटर ल्याव स्थापना तथा इन्टरनेट सेवा सुचारु गरिदिएको छ ।

धादिङको थाक्रे गाउँपालिका वडा नं ४ मा रहेको लितिमहाङकाली माद्यमिक विद्यालय रातमाटे, महाकाली माद्यमिक विद्यालय तसर्पु, थाक्रे गाउँपालिका कै वडा नं ५ दामेचौरमा रहेको आदर्श माद्यमिक विद्यालय र मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नं ११ मा रहेको बागेश्वरी माद्यमिक विद्यालयमा इन्टरनेटको सेवा सहित प्रत्येक विद्यालयमा २० थान कम्प्युटर निशुल्क प्रदान गरेको हो ।

कम्प्युटर र इन्टरनेट सेवा गरि करिव ८० लाख रुपैया बराबरको सहयोग गरिएको प्रेम सागर फाउण्डेशनका ब्यवस्थापक भोला राउतले जानकारी दिए । राउतले भने, ‘विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गराउन, बालबालिकाहरुलाइ एकाइसौँ शताब्दीको प्रविधिमैत्री शिक्षा प्रदान गर्न र इन्टरनेटमा बालबालिकाहरुको सहज पहुँच पु¥याउनको लागि धादिङ र मकवारपुरका ४ वटा विद्यालयमा प्रतिविद्यालय २० थान कम्प्युटर सहितको ल्याव र त्यसलाइ आवश्यक पर्ने इन्टरनेटको ब्यवस्था गरिदिएका हौँ ।’

ग्रामिण क्षेत्रका सरकारी विद्यालय जहाँ गरिव सर्वसाधारण जनताका छोराछोरी अध्ययन गर्छन, त्यस विद्यालयबाट पनि आधुनिक सुचना प्रविधिमैत्री शिक्षा प्रदान होस भन्ने उद्येश्यले सरकारी विद्यालयहरुमा कम्प्युर ल्याव र इन्टरनेट जडान गरिदिएको राउतले जानकारी दिए ।
आफ्नो विद्यालयमा कम्प्युटर ल्याव स्थापना भएपछि विद्यालयका बालबालिकाहरु पनि खुसी भएका छन । लिति महाकाली विद्यालयको कक्षा ७ मा अध्ययनरत एक विद्यार्थीले भने, ‘हामीले कितावमा मात्रै कम्प्युटरका कुराहरु पढिरहेका थियौँ, अव आफैँले चलाएर कम्प्युटर पढ्न र सिक्न पाइने भयो ।’

विद्यालयलाइ कम्प्युटर ल्याव हस्तान्तरण गर्दै धादिङ क्षेत्र नं ३ का साँसद एवं पुर्व स्थानीय विकास मन्त्री राजेन्द्र प्रसाद पाण्डेले आफ्नो निर्वाचन क्षेत्रका विद्यालयहरुमा गरिएको कम्प्युटर सहयोग प्रति प्रशंसा गरे । पाण्डेले भने, ‘सुचना प्रविधि सम्वन्धी शिक्षा दिनको लागि आवश्यक पुर्वाधार सरकारले नै बनाउनु पर्ने हो तर धादिङका अधिकाँश सरकारी विद्यालयमा कम्प्युटर शिक्षा दिन सकिरहेको छैन, फाउण्डेशनले थाक्रे गाउँपालिका र थाहा नगरपालिकाका सरकारी विद्यालयहरुमा सुचना प्रविधि मैत्री शिक्षाको लागि कम्प्युटर सहयोग गरेर उदाहरणीय काम गरेको छ ।’ फाउण्डेशनले स्थापना गरिदिएको कम्प्युटर ल्यावको उचित सदुपयोग, शिक्षक ब्यवस्थापन र सवै विद्यार्थीले पढ्न पाउने गरि ब्यवस्था मिलाउनको लागि विद्यालयका प्रधानाध्यापकहरुलाइ पाण्डेले आग्रह गरे ।

प्रेम सागर फाउण्डेशनले विगत ८ वर्षअघिदेखी धादिङको थाक्रे गाउँपालिका स्थित दामेचौरमा जनभोजन संचालन गरिरहेको छ । दामेचौरको आदर्श माद्यमिक विद्यालयका ५ सय जना विद्यार्थीहरुको लागि विहानको खाना निशुल्क खुवाइरहेको छ भने धादिङकै अन्य २ माद्यमिक विद्यालय र मकवानपुरको एउटा माद्यमिक विद्यालयका विद्यार्थीहरुको लागि निशुल्क दिवा खाजा खुवाइरहेको छ ।

फाउण्डेशनका ब्यवस्थापक राउतले भने, ‘हामीले खाजा फाउण्डेशनमा नै तयार पार्छौ, सम्वन्धीत विद्यालयले यातायात खर्च बेहोर्ने गरि हामीले बालबालिकालाइ लक्षित गरि विद्यालयमा नै निशुल्क दिवा खाजाको ब्यवस्था गर्दै आएका छौँ ।’

 

२०७४ असोज ८ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: