Sat. Jul 27th, 2024

व्यावसायिक तथा सीप विकास तालीम केन्द्र गजुरी, धादिङ्ग तालिम कार्यक्रम संचालन गर्नको लागि आशय पत्र माग गरिएको सूचना

प्रथम पटक प्रकाशित मिति २०७१/०८/११

१. व्यावसायिक तथा सीप विकास तालिम केन्द्र, गजुरी, धादिङ्गबाट  आ.ब. २०७१/७२ को लागि वैदेशिक एवं युवा स्वरोजगार  सम्बन्धी विशेष सीप विकास तालिम तोकिएको विषय, अवधि, समुह, संख्या र स्थानमा सञ्चालन गर्नु पर्ने भएकोले इच्छुक   फर्म, संस्था वा कम्पनीहरुसँग आशयपत्र माग गरिएको छ ।
२. प्रस्तावित तालिम कार्यक्रमको खर्च नेपाल सरकारको श्रोतवाट व्यहोरिनेछ ।
३. तालिमको क्षेत्र
(क) कृषिक्षेत्रसँग सम्बन्धित विषय  (ख) सेवा क्षेत्रसँग सम्बन्धित विषय  (ग) कला क्षेत्रसँग सम्बन्धित विषय
४. तालिम सञ्चालन गर्नु पर्ने स्थान :— धादिङ र नुवाकोट जिल्ला समेत ।
५. आशयपत्रदाता फर्म, संस्था वा कम्पनीको योग्यता देहाय बमोजिम हुनु पर्नेछ ।
(क)  फर्म,  संस्था वा कम्पनी सम्बन्धित कार्य गर्ने गरी दर्ता/नविकरण भएको  (ख)  स्थाई लेखा नं. र    मु.अ.करमा दर्ता भएको  (ग)  समान प्रकृतिको काममा विगत  ३ वर्ष देखि संस्थागत कार्य गरेको   अनुभव  भएको  (घ) प्राविधिक  तथा आर्थिक  क्षमता, अनुभव र योग्यता सम्वन्धित विषयको तालिम दिलाउने  कामको  लागी   ग्राह्य भएको (ङ) आशय पत्र पेश गर्ने फर्म, संस्था वा कम्पनीको उद्धेश्य सम्वन्धित तालिम   संचालन   गर्न मिल्ने देखिएको  (च) कुनै  निकायबाट स्वीकृति लिई सञ्चालन गर्नु पर्ने तालिमको हकमा सो निकायबाट स्वीकृति  लिएको ।
६. आशयपत्र दाताले पेश गर्नु पर्ने कागजात र विवरण देहाय अनुसार हुनेछ ।
(क) फर्म, संस्था वा कम्पनीको दर्ता प्रमाणपत्र, स्थाई लेखा नं. र मु.अ.करमा दर्ता प्रमाण पत्रको प्रतिलिपि  (ख) आ.ब. २०६९/७० सम्मको कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि  र लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि  (ग)फर्म, संस्था वा कम्पनीहरुको विवरण, संगठन र जनशक्ति
(घ) संयुक्त उपक्रममा कार्य गर्ने भए मुख्य र साझेदार कम्पनी (एक मात्र) को नाम, ठेगाना सहितको विवरण र मुख्य भई काम गर्ने फर्म वा कम्पनीको नाम  र सम्पादन गर्ने कामको अंश (ङ) विगत ३ वर्षमा सम्पन्न गरेको समान प्रकृतिको काम, स्थानको विवरण
(च) प्रस्तावित कार्यमा संलग्न हुने प्रमुख जनशक्तिको वैयक्तिक विवरण
७. आशयपत्रदाताको  योग्यता,  अनुभव र  क्षमताको  मुल्याङ्कन गरि  केन्द्रले सम्वन्धित परामर्श सेवा दिन सक्ने योग्य आशयपत्रदाताहरुको छनौट गरी संक्षिप्त सूची तयार गर्नेछ । संक्षिप्त सूचीमा परेका फर्म, कम्पनी, संस्थावाट मात्र परामर्श  सेवा प्राप्त गर्न प्राविधिक र आर्थिक प्रस्ताव माग गरिनेछ ।
८. प्रस्तावित कार्यक्रम सम्पन्न गर्न लाग्ने समय २०७२ जेठ मसान्त सम्म रहनेछ ।
९. आशयपत्र पेश गर्ने फर्म, कम्पनी र संस्थाहरुले एक भन्दा बढी विषयको लागी छुट्टाछुट्टै आशयपत्र पेश गर्नु पर्नेछ ।
१० आशयपत्र सम्बन्धी प्रस्ताव फाराम यस केन्द्रको कार्यालयबाट  प्राप्त गर्न सकिनेछ । यसका लागि पत्र सहित संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपि, स्थाई लेखा नं. र मु.अ.करमा दर्ता प्रमाण पत्रको प्रतिलिपि र कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि पेश गर्नु पर्नेछ ।
११. यो सूचना प्रकाशित भएको  मितिले १५ दिन भित्र कार्यालय समय भित्र केन्द्रको कार्यालय गजुरीमा आशयपत्र शिलबन्दी गरी दर्ता गर्नु पर्नेछ । अन्तिम मितिको दिन बिदा परेमा सोको भोली पल्ट कार्यालय समयमा दर्ता गर्नु पर्नेछ । म्याद नाघी वा रित नपुगी प्राप्त आशय पत्र उपर कुनै कारवाही गरिने छैन ।
१२. आशय पत्र कुनै कारण जनाइ वा नजनाई छनौट र सूचिकृत गर्ने वा नगर्ने अधिकार केन्द्रमा निहित रहनेछ ।
१३. थप जानकारीको लागी यस केन्द्रको फोन नं. ०१०—४०२०५३ मा सम्पर्क गर्न वा www.training.gov.np मा पनि हेर्न सकिनेछ ।

About The Author

Loading...

अन्य समाचारहरु: