१७ फागुन, धादिङ – सरकारले भूकम्प पीडितहरुलाई स्थायी आवास निर्माणका लागि फागुन २० गतेदेखि अनुदानको रकम वितरण गर्ने भएको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार अनुदानको रकम दोखला जिल्लाबाट सुरु गर्ने बताइएको छ । त्यसपछि सिन्धुपाल्चोक, रसुवा, धादिङ, गोरखा लगायत भूकम्प प्रभावित १४ जिल्लाहरुमा रकम वितरण गर्नेछ । ३ चरणमा वितरण गर्ने रकममा पहिलो पटक ५० हजार, दोस्रो पटक १ लाख र तेस्रो चरणमा ५ण् हजार रकम प्रंदान गरिने प्राधिकरणका प्रबक्ता सुरेस अधिकारीले जानकारी दिए ।
अनुदानको रकम लिनका लागि नयाँ परिचयपत्र लिनुपर्नेछ । पहिले गरिएको सर्वेक्षणमा विश्वसनिय नभएका कारण नयाँ परिचयपत्रका आधारमा मात्र रकम प्रदान गरिने अधिकारीले बताए । प्राधिकरणले पहिलो चरणमा दिने अनुदान रकमका लागि ६५ अर्ब रकम निकासा गरेको छ ।