Sat. May 10th, 2025

धादिङको वेनिघाटमा ट्रकले मोटरसाइकललाई ठक्कर दिदाँ १ जनाको मृत्यु

dhading-map_213888077
१८ फागुन,  धादिङ – पृथ्वी राजमार्ग अन्र्तगत धादिङको बेनिघाटमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने अर्का १ जना घाइते भएका छन् ।

काठमाण्डौबाट पश्चिम तर्फ जादै गरेको ना ५ ख ८३५४ नम्बरको ट्रकले विपरित दिशाबाट आउदै गरेको बा ६८ प ७४०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ मोटर साइकलमा सवार गोरखा घर भएका गणेशलाल श्रेष्ठको उपचार गर्न लैजादै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा परी मोटरसाइकलको पछाडि बसेका नुवाकोटका दुइपिप्ले ८ घर भई हाल धादिङको धुषा १ चरौदीमा व्यवसाय गर्दै आएका दिपक तामाङ  गम्भीर घाइते भएका छन् । घाइतेलाई उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।

About The Author

अन्य समाचारहरु: