Sat. May 10th, 2025

खुला दिसामुक्त जिल्ला बनाउने अभियान सिक्न धादिङका गाविस सचिवहरु प्यूठानमा

dhading sabisa sachip

२६ फागुन, धादिङ – धादिङ जिल्लालाई सन् २०१७ सम्म जिल्लालाई कसरी खुला दिसामुक्त जिल्ला घोषणा गर्न सकिन्छ भनेर अध्ययन गर्न एक टोली प्यूठान पुगेको छ । राज्यको तर्फवाट शुन्य अनुदान लगानीमा ३ वर्ष अगाडी खुला दिसामुक्त जिल्ला घोषणा गरेको प्युठान जिल्लाको अनुभवलाई आफ्नो जिल्लामा कार्यान्वयन गर्न सो जिल्लाको भ्रमण गरेको हो ।

यस क्रममा जिल्ला विकास समितिको सभाहलमा जिविस प्यूठानका लेखा अधिकृत श्री तुलसीराम अधिकारको सभापतत्विमा भएको अन्तरक्रिया कार्यक्रममा पश्चिम नेपाल ग्रामीण आनेपानी तथा सरसफाई परियोजना दास्रो चरणका जिल्ला वास सल्लाहकार प्रमोदलाल श्रेष्ठले खुल्ला दिशामुक्त गर्ने कार्यक्रमलाई कायक्रमको रुपमा नभई अभियानको रुपमा लानुपर्ने, स्थानीय निकायको अनुवाईमा संघसंस्था लाई परिचालन गनुपर्ने ,खुला ठाउँमा दिसा गर्दा आफ्नो दिसा आफै खाईने विषयको अनुभूति गराउन सकियो भने अभियान सफल हुने र त्यसमा प्रज्वलकहरुको भूमिका सवैभन्दा महत्पूर्ण हुने बताए ।

कायक्रममा श्रेष्ठले संचारकर्मी र संचारमाध्यमको भूमिका महत्वपूर्ण हुने र प्यूठान जिल्लामा पत्रकारहरुले महत्वपूर्ण भूमिका खेलेकोले अभियान सफल भएको बताए । भौतिक अनुदानलाई निरुत्साहित गरिनुपर्ने बरु कार्यक्रम सफल गर्ने गाविसलाई पुरस्कृत गर्ने नीति लिएकाले अभियान सफल भएको उनको भनाई छ । कार्यक्रमलाई बास्केट कार्यक्रमको रुपमा अगाडी बढाउँदा दोहोरोपन नहुने अनुभब रहेको पनि उनको भनाई छ ।

२००८ मा रणनीतिक योजना तर्जुमा गरि २०१३ मा खुला दिसामुक्त जिल्ला घोषणा गर्ने लक्ष्य राखेको प्यूठान जिल्लाले वि.स. २०६९ चैत्र १६ मा जिल्लाका कुल घरधुरी मध्ये ९५ प्रतिशत घरधुरीमा पक्की सौचालय, ५ प्रतिशत घरधुरीमा कच्ची निर्माण गरी खुला दिसामुक्त घोषणा गरेको हो ।

dhading gabisa sachip 2

हाल पूर्ण सरसफाई युक्त जिल्ला घोषणा गर्ने दिसामा क्रियालील भईरहेको र हालसम्म १० वटा वडा पूर्ण सरसफाई युक्त वडा घोषित भईसकेको जिल्ला हो ।

अन्तरक्रिया कार्यक्रममा पश्चिम नेपाल ग्रामीण आनेपानी तथा सरसफाई परियोजना दास्रो चरणका वास कोअर्डिनेटर रवीन गौतम, वास फोकल पर्सन दिनेश के.सी. , परियोजनाका फिल्ड कोअर्डिनेटहरु, जिल्ला विकास समिति प्यूठानका कर्मचारीहरु लगायत विभिन्न संचार संस्थाका संचारकर्मीको सहभागिता रहेको थियो ।

जिल्ला विकास समितिको कार्यालय, धादिङका योजना अनुगमन तथा प्रशासकीय अधिकृत युवराज अर्यालको संयोजकत्वमा भएको यस अवलोकन भ्रमण कार्यक्रममा पत्रकार महासंघ , धादिङका अध्यक्ष नवराज छतकुली, खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका अध्यक्ष विरेन्द पाण्डे, शान्ति नेपालका कार्यक्रम संयोजक पि.आर.शर्मा, गाविस सचिव हकहित संरक्षण केन्द्र, धादिङ अध्यक्ष चुडामणी पुरी सहित गाविस सचिवहरु समेत ३९ जनाको सहभागिता रहेको र उक्त टोलीले प्यूठान जिल्लाको पूर्ण सरसफाई युक्त भएका ५ गाविसका विभिन्न समूहहरुसंग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको जिविसका सूचना अधिकृत भोला गौतमले खलाङ्गावाट जानकारी गराएका छन् ।

About The Author

अन्य समाचारहरु: