Sun. Apr 28th, 2024

धादिङको मार्पाक सहित ८ जिल्लामा पुर्ननिर्माणका लागि अनुदान सम्झौता सुरु

bhukampa
२८ चैत, धादिङ – धादिङ सहित ८ जिल्लाका भूकम्प पीडितले घर पुर्ननिर्माण गर्न सरकारले दिने पहिलो किस्ताको अनुदान रकम पाउने भएका छन् ।

आइतबारदेखि एकैसाथ आठ जिल्लाका आठ वटा गाविसमा निजी आवास पुनर्निर्माणका लागि अनुदान सम्झौता सुरु भएको छ । धादिङ जिल्लाको मार्पाक गाविसमा रहेका १ हजार ३ घरधुरीको पुनर्निर्माणका लागि अनुदान सम्झौता सुरु भएको हो ।

आयोजनाका निर्देशक घनश्याम वस्तीका अनुसार सिन्धुलीका १ हजार १ सय ७८, काभ्रेको रबिवतीका ९ सय ७०, नुवाकोटको खरानीटारका ४सय ०८, रामेछापको ओख्राङ्ग ७ सय ५९ का, ओखलढुंगाको रुम्जाटारका ४७, रसुवाको ब्रिदीम १सय ९३ र गोर्खाको हंसपुरमा ९ सय ४४ घरधुरीको पुनर्निर्माणका लागि एकैसाथ अनुदान सम्झौता सुरु भएको हो ।

पहिलो चरणमा सम्झौता भएपछि पीडितको बैंक खातामा ५० हजार र दोस्रो किस्ता निर्माण कार्य भुईतलासम्म आएपछि दोस्रो किस्ताको रुपमा ८० हजार र निर्माणको कार्य छाना छाउने स्तरसम्म पुगेपछि ७० हजार रुपैयाँ दिइने जानकारी गराइएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: