Sat. Jul 27th, 2024

उपभोक्ता समिति गठन गरी योजना सम्झौता गर्न आउने वारेको सुचना ।

   
    नीलकण्ठ नगरपालिका कार्यालय धादिङ
    उपभोक्ता समिति गठन गरी योजना सम्झौता गर्न आउने वारेको सुचना ।

यस नीलकण्ठ नगरपालिकाको प्रथम नगरपरिषद्ले आ.व. ०७१/०७२ मा कार्यान्वयन गर्नका लागी पारित गरेका योजनाहरुको सम्झौता गर्ने कार्य मिति २०७१ माघ ५ देखी शुरुहुने भएकोले तपशिल वमोजिमको कार्यबिधि र कागजात सहित मिति २०७१ फाल्गुन मसान्त भित्र सम्झौता गर्न आउनुहुन सम्पुर्ण नगरबासी÷सरोकार वालाहरुमा सुचित गरिन्छ ।
कार्यान्वयन सम्बन्धी कार्य विधि एवं कागजात
(क)    उपभोक्ता समिति मार्फत आयोजना कार्यान्वयन र सञ्चालन गर्दा आयोजनाबाट प्रत्यक्ष लाभान्वित हुने घरपरिवारको आम भेलाबाट सम्बन्धित आयोजना स्थलमानै ७ देखि ११ सदस्यीय उपभोक्ता समिति गठन गर्नुपर्नेछ । आयोजना सम्झौता गर्दा उपभोक्ता समितिका सदस्यहरुले नागकिताको प्रमाण—पत्रको प्रतिलिपी पेश गर्नुपर्नेछ । साथै अध्यक्ष, सचिव र कोषाध्यक्षको हकमा तीन पुस्ते नाम नामेसी खुलाई पेश गर्नुपर्ने छ ।
(ख)    उपभोक्ता समितिमा कम्तीमा कुल सदस्य संख्याको ३३ प्रतिशत महिला सदस्य अनिवार्य रुपमा हुनुपर्ने छ साथै प्रमुख पद अध्यक्ष, सचिव र कोषाध्यक्ष मध्ये कुनै एक पदमा अनिवार्य महिला हुनुपर्ने छ । भेलामा दलित, आदिवासी÷जनजाती समुदाय तथा लक्षित वर्ग आदिको उपस्थिति रहेमा उपभोक्ता समितिमा पनि प्रतिनिधित्व गराउनु पर्दछ ।
(ग)    सर्वदलिय संयन्त्रमा भाग लिने राजनितीक दलका प्रतिनिधीहरु, बहालवाला सरकारी कर्मचारी, शिक्षक, निर्माण व्यवसायी, सरकारी पेश्की वा बेरुजु फछ्र्यौट नगरेका व्यक्तिहरु उपभोक्ता समितिको सदस्य हुन पाउने छैनन् । साथै एकै समयमा एकै व्यक्ति दुईवटा आयोजनाको उपभोक्ता समितिमा बस्न पाइने छैन र एकै घरपरिवारका सदस्य एक जना भन्दा बढी उपभोक्ता समितिमा बस्न पाइने छैन ।
(घ)    उपभोक्ता समिति गठन गर्दा अनिवार्य रुपमा नगरपालिकाले तोकेको कर्मचारी वा सामाजिक परिचालकको रोहवरमा गर्नुपर्नेछ ।
(ङ)    उपभोक्ता समिति गठन गर्दा उपभोक्ता भेलाबाट आयोजनाको कार्यान्वयनमा सहजीकरण एवं अनुगमन गर्न एक जना महिला सहित बढीमा ५ जना सम्मको छुट्टै सुपरिवेक्षण एवं अनुगमन समिति गठन गर्नुपर्नेछ । साथै आयोजनाको अन्तिम भुक्तानी एवं फरफारक गर्नु पूर्व उक्त समितिको निर्णय सहित सिफारीस गर्नुपर्ने छ ।
(च)    उपभोक्ता समितिको खाता अध्यक्ष वा सचिव र कोषाध्यक्षको संयुक्त दस्तखतबाट सञ्चालन हुनेछ ।
(छ)    उपभोक्ता समिति गठन गरि सम्पूर्ण आवश्यक कागजात एवं वडाको सिफारीस सहित मिति २०७१ फाल्गुन मसान्त भित्र उपभोक्ता समिति गठन गरी सम्झौता गर्न नआएमा कार्यालयले ठेक्कापट्टा वा अन्य प्रक्रियाबाट संचालन गर्नेछ ।
(ज)    उपभोक्ता समितिलाई दिइएको काम आफैंले नगरी कुनै निर्माण व्यवसायी वा सव—कन्ट्रयाक्टरबाट गराउन पाइने छैन, त्यसरी गराइएको पाइएमा सम्झौता रद्द गरी कार्यालयले ठेक्का पट्टाबाट कार्यान्वयन गर्नेछ ।
(झ)    दुई वा दुई भन्दा बढी वडासँग सम्बन्धित योजनाको हकमा सम्बन्धित वडाहरुसँग समन्वय गरी उपभोक्ता समिति गठन गर्नुपर्नेछ ।
(ञ)    नेपाल सरकार तथा मन्त्रालयबाट गरिएको परिपत्र अनुसार उपभोक्ता समितिबाट हुने योजनाहरुको निर्माण कार्यमा मेशीन (एक्साभे टर)÷डोजर) प्रयोग गर्न नपाइने नीति रहेकाले सोही अनुसार गर्नुपर्नेछ ।
(ट)     उपभोक्ता समिति गठन गरिएको निणर्यको प्रतिलिपि ।
(ठ)     सम्पुर्ण जिम्मेबारी तथा अधिकार सहित सम्झौता गर्न र बैंक खाता संचालन गर्न पठाईएको निणर्यको प्रतिलिपि ।
(ड)     सम्झौता गरि पाँउ भन्ने ब्यहोरा को निवेदन ।
(ढ)     बैकमा खाता संचालनका लागी सिफारिस गरि पाँउ भन्ने ब्यहोरा को निवेदन ।
(ण)    अन्य कुराको हकमा स्थानिय निकाय स्रोत परिचालन तथा व्यवस्थापन कार्यविधि २०६९ वमोजिम हुनेछ ।

नीलकण्ठ नगरपालिका कार्यालय धादिङ

About The Author

Loading...

अन्य समाचारहरु: