Sun. Apr 28th, 2024

धादिङको चैनपुरमा विद्यालय निर्माणमा सघाउँदै विदेशी

school-bulding-2

मनिष दुवाडी / २० पुस,  धादिङ –

गोह्रो छाला भएका १ दर्जन विदेशी, हातमा बेल्चा सावेल, गल घन लिएर कोही ढुङ्गा फुटाइरहेका छन त कोही भित्तामा प्लाष्टर लगाइरहेका छन् । कोही खनेर थुप्रो लागेको माटो सम्याउदै गरिरहेका छन । उनीहरुलाई साथ दिइरहेका छन् विद्यालय ब्यवस्थापन समितिका पदाधिकारीहरु लगायत शिक्षक र विद्यार्थीहरु ।

विभिन्न ४ वटा देशबाट आएका डेढ दर्जन विदेशी नागरिकहरुले धादिङको चैनपुर गाउँ विकास समिति वडा नं ३ मा रहेको परोपकार आधारभुत विद्यालयमा बन्दै गरेको भवन निर्माण कार्यलाइ सघाउदै गर्दाको दृष्य हो यो ।

विनाशकारी भुकम्प पछि ढुङगामाटोले बनाइएका सवै कक्षाकोठाहरु पुर्ण रुपमा भत्किएर त्रिपाल र टहरामा कक्षा संचालन भइरहेको परोपकार आधारभुत विद्यालयमा कोरियाको ‘ग्योङगी दो स्टेट’ र सर्भिस फर पिस कोरियाको सहयोगमा भुकम्प प्रतिरोधी ४ कोठ भवन बनिरहेको बेला विभिन्न देशबाट आएका नागरिकहरुले निर्माण कार्यलाइ सघाएका हुन ।

बेल्जियम, अमेरिका, दक्षिण कोरिया, मंगोलिया, फिलिपिन्स र कम्वोडियाबाट आएका नागरिकहरुले १ साता सम्म विद्यालयमै बसेर जनश्रमदान गरेका हुन । परोपकार आधारभुत विद्यालयको ४ कोठे पक्की भवन सर्भिस फर पिस कोरियाको सहयोगमा सर्भिस फर पिस नेपालले बनाइरहेको छ ।

विभिन्न देशबाट आएका स्वयसेवकहरुले विद्यालयमै बसेर विद्यालय पुननिर्माणको लागि सघाउन थालेपछि स्थानियहरु पनि जागरुक बनेको स्थानिय रमेश दनैले बताए । उनले भने, ‘विदेशीहरु नेपालमा घुम्न मोजमस्त गर्न मात्रै आउछन जस्तो लाग्थ्यो होइन रहेछ, भुकम्पले भत्काइदिएर अस्तब्यस्त भएको हाम्रो विद्यालय बनाउन उनीहरुले सहयोग गरेको देखेर अचम्म लागेको छ । छुदा पनि दाग लाग्ने जस्ता गोह्रो छाला भएकाहरुले गल, घन र सावेल चलाएर विद्यालय निर्माणमा सघाएको देखेर यत्तिन्जेलसम्म हामीले केही गर्न नसकेको भनेर पछुतो नै लाग्यो ।’

school-bulding1

विभिन्न देशबाट आएका नागरिकहरुले सर्भिस फर पिस नेपालको संयोजनमा क्याम्प नै खडा गरेर १ सातासम्म विद्यालयमै बसी भवन बनाउन सहयोग गर्नुका साथै रङरोगन गर्न पनि सघाएका थिए । उनीहरुको सहयोगले ४ कोठे पक्की भवन निर्माण सम्पन्न पनि भएको छ ।

सर्भिस फर पिस नेपालले २०७२ बैशाख १२ गतेको विनाशकारी भुकम्प पछि क्षतिग्रस्त भएका धादिङका विद्यालयहरुमा ‘रमाइलो विद्यालय अभियान’ नामक अभियान नै चलाइ भत्किएका कक्षाकोठाहरु पुननिर्माण गरिरहेको छ । विशेष गरि सवै कक्षाकोठा भत्किएर अस्तब्यस्त बनेको प्राथमिक विद्यालयहरुमा उसले भुकम्प प्रतिरोधी भवन बनाइरहेको रमाइलो विद्यालय अभियान का संयोजक एवं सर्भिस फर पिस नेपाल धादिङका कार्यक्रम संयोजक उपेश कुमार श्रेष्ठले बताए । उनले भने, ‘भुकम्पले विद्यालय नै तहसनहस बनाएपछि त्यहा पढ्ने बालबालिकाहरुमा पनि मनोवैज्ञानिक असर परेकाले उनीहरुलाइ फेरी रमाइलो बाताबरणमै विद्यालयमा फर्कने ब्यवस्था मिलाउनको लागि विद्यालयको नयाँ भवन निर्माण संगै रमाइलो विद्यालय अभियान संचालन गरिएको हो । जस अन्तरगत विद्यार्थीहरुलाइ पनि भवन निर्माणको चरणमा सहभागीता गराइ भुकम्प प्रतिरोधी भवनको संरचना र निर्माण गने तरिकाहरुको बारेमा जानकारी गराइएको छ ।

विशेष गरि प्राथमिक विद्यालयहरु जसको सवै कक्षाकोठाहरु भत्किएका छन, जहाँ अति विपन्न र निम्न आयस्तर भएका समुदायका बालबालिकाहरु अध्ययन गर्छन, त्यस्ता विद्यालयहरु छनौट गरि जिल्ला शिक्षा कार्यलयको अनुमती र सिफारिसमा विद्यालयको भवनहरु निर्माण गरिरहेका छौँ ।’ भवन निर्माणको काममा स्थानिय अभिभावकहरुले पनि सक्रिय सहभागीता जनाएका छन । आफ्ना भत्किएको घरलाइ अलपत्रै छाडेर बालबच्चाहरु पढाउने विद्यालयको भवन निर्माणको लागि अभिभावकहरुले पनि श्रमदान गरेका छन् ।

संस्थाले अहिलेसम्म सुनौलाबजार, नीलकण्ठ, ज्यामरुङ लगायतका गाविसका ७ वटा विद्यालय भवनहरु निर्माण गरि विद्यालयलाइ हस्तान्तरण गरिसकेको छ भने ३ वटा विद्यालयहरु निर्माणको चरणमा रहेका छन् ।

२०७३ पुस २० गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: