Sat. Jul 27th, 2024

निलकण्ठ नगरपालिका कार्यालय, धादिङको सुचना

(प्रथम पटक प्रकाशित मितिः ०७१/१२/१९)
यातायात गुरु योजना निर्माण कार्यका लागि आर्थिक तथा प्राविधिक प्रस्ताव पेश गर्ने सम्वन्धी सूचना

यस निलकण्ठ नगरपालिकाको लागी नगरपालिका यातायात गुरु योजना (Municipal Transport Master plan) निर्माण गर्न स्थानीय निकाय आर्थिक प्रशासन नियमावली २०६४ वमोजिम परामर्श सेवाको लागि गुणस्तर तथा लागत विधिद्वारा परामर्शदाता प्रतिस्पर्धावाट छनौट गर्नुपर्ने भएकोले उल्लेखित कार्य गर्न इच्छुक फर्म, संस्था वा कम्पनिवाट आर्थिक तथा प्राविधिक प्रस्ताव पेश गर्नका लागी यो सुचना प्रकाशित गरिएको छ । यो सूचना पत्रिकामा प्रथम पटक प्रकाशित भएको मितिले १५ औं दिन कार्यलय समय भित्र रु. ३००।– तिरी कार्य बिवरण ९त्इच्) खरिद गर्न सकिने छ । १६ औं दिन सम्म कार्यालय समय भित्र कार्य विवरण र निम्न उल्लखित कागजातहरु संलग्न गरि आर्थिक तथा प्राविधिक प्रस्ताव छुट्टाछुट्टै खामबन्दी गरी दिनको १२ः०० वजे सम्म पेश गर्न सकिने छ । खरिद तथा दर्ताका दिन बिदा परेमा सोको भोलीपल्ट खरिद तथा दर्ता गर्न सकिनेछ । १६ औं दिन दिनको १४ः०० वजे प्रतिनिधिहरुको रोहवरमा उक्त प्राविधिक प्रस्ताव खोलिनेछ । प्राविधिक प्रस्तावमा उत्तिर्ण भएका फर्म, संस्था वा कम्पनिको मात्र आर्थिक प्रस्ताव खोलिनेछ ।

१. विवरण
क) नगरपालिका यातायात गुरु योजना (Municipal Transport Master plan)
ख) प्रस्तावित लागत : मु.अ.क.सहित वढीमा रु ९,२५,०००।–
ग) कार्य अवधि : सझौता भएको मितिले ३ महिना हुनेछ ।
घ) प्रविधिक प्रस्तावको अंकभार ८० हुनेछ उत्तीर्णङ्क ६० प्रतिशत हुनेछ ।
ङ) आर्थिक प्रस्तावको अंकभार २० हुनेछ ।

२. परामर्शदाताले प्राविधिक प्रस्तावको साथमा पेश गर्नुपर्ने कागजातहरु
(१) परामर्शदाता फर्म, संस्था वा कम्पनीको विवरण, संगठन ,कर्मचारी र निजहरुको अनुभव तथा योग्यता ।
(२) दुई वा दुई भन्दा बढी फर्म, संस्था वा कम्पनीले संयुक्त उपक्रमको रुपमा परामर्श सेवा दिने भए त्यस्ता फर्म, संस्था वा कम्पनीको नाम, ठेगाना, विवरण तथा मुख्य भई काम गर्ने फर्म, संस्था वा कम्पनीको नाम
(३) विगत तिन (३) वर्षमा सम्पन्न गरेको समान प्रकृतिको काम र स्थानको विवरण साथै विगत तिन (३) वर्षमा गरेको आर्थिक कारोवारको विवरण ।
(४) प्रस्तावित कार्यमा संलग्न हुने प्रमुख जनशक्तिको बैयक्तिक विवरण ।
(५) प्रस्तावित कार्य सम्पन्न गर्न लाग्ने अनुमानित समय र कार्य योजना ।
(६) परामर्शदाताको मु.अ.करदर्ता , नवीकरण एवं कर चुक्ता प्रमाण पत्र ।
(७) परामर्शदाता फर्म, संस्था वा कम्पनीको भौतिक सम्पत्तिको विवरण ।
प्रमुख एवं कार्यकारी अधिकृत

About The Author

Loading...

अन्य समाचारहरु: