Sat. Jul 27th, 2024

भूकम्पमा परी १२ जनाको निधन

dhading-pictureयंगुन (म्यानमार), कात्तिक २६ (एजेन्सी) उत्तरी म्यानमारमा गएको भूकम्पमा परी १२ जनाको निधन भएको छ। स्थानीय मिडियाले भूकम्पका कारण पुलहरु भत्केको तथा पुराना घरहरु ध्वस्त भएको जनाएका छन्। भूकम्पको केन्द्र नजिक रहेको दोस्रो ठूलो सहर मण्डल्यमा भने ठूलो क्षति भएको छैन।

सीवीएसन्युजका अनुसार भूकम्पमा परी १२ जनाको मृत्यु भएको छ।
त्यहाँको भूगर्भ विभागले ६।८ म्याग्नेच्युड क्षमताको भूकम्प मापन गरिएको जनाएको छ। बन्दै गरेका पुलसमेत भूकम्पको चपेटमा परेका छन्।

साप्तापहिक इलाभेन म्यागेजिनको अनलाइन संस्करणले ४ जनाको मृत्यु भएको र २५ घाइते भएको जनाएको छ। ८० प्रतिशत निर्माण पूरा भएको पुल भत्कँदा उनीहरु घाइते भएका हुन्। स्थानीय प्रशासनले भने दुई जनाको मृत्यु भएको र १६ जना घाइते भएको जानकारी गराएको छ। भूकम्पमा पर्नेहरु सबै श्रमिकहरु रहेको बताइएको छ।
इलाभेन साप्तारहिकका अनुसार दुई गुम्बाहरु भत्केका छन् र त्यसमा परेर दुई जनाको निधन भएको जनाएको छ।

ुमेरो जीवनमा यो नै अहिलेसम्मको सबैभन्दा खराव भूकम्प हो,ु एसोसिएट प्रेसलाई ५२ वर्षीया सुइ सोले भनिन्। उनले टेलिफोनमार्फत दिएको जानकारीअनुसार स्थानीय गुम्बा भत्केको छ भने एउटा प्यागोडा पनि धरापिलो भएको छ।

About The Author

Loading...

अन्य समाचारहरु: