Sun. May 28th, 2023

मकै बालीमा लाग्ने अमेरिकन फौजी किराको रोकथामका उपायहरु

मकै रोप्नु अघि गहिरो गरेर खनजोत गर्ने अनि खेतभित्र र वाहिर रहेका झारपातलाई नष्ट गर्ने ।

बर्षे मकै निश्चित ठाउँमा सकेसम्म सबैले एउटै समयमा रोप्ने ।

खेतबारीमा मकै उम्रेदेखि नियमित रुपमा अनुगमन गरी कीराको उपस्थिति र सम्भावित क्षतिको आँकलन गर्ने,

मकैको घोगामा समेत नोक्सान गर्नसक्ने भएकाले खोस्टाले पूरा घोगा छोपिने जातको मकै लगाउने ।

बिरुवालाई स्वस्थ र कीराको क्षति सहन सक्ने बनाउन सिफारिस गरिए अनुसार सन्तुलित मलखादको प्रयोग गर्ने ।

निरीक्षणको क्रममा पातको तल्लो सतहमा झुण्डमा पारिएका अण्डाहरु संकलन गरी नष्ट गर्ने ।

मकै रोप्नु अघि इमिडाक्लोप्रिड (Imidacloprid) ४८ प्रतिशत एफ एस बिषादी प्रति किलोग्राम बीउमा ४ मि.लि.का दरले बीउ उपचार गरेर रोप्दा शुरुको ३ हप्तासम्मको बिरुवाहरुलाई क्षति हुनबाट बचाउन सकिन्छ।

पातमा सेता लाम्चा झिल्ली सहितका प्वाल (Papery window) हरु देखा परेमा निमजन्य विषादी एजाडिराक्टिन १५०० पीपीएम (Azadirachtin 1500 ppm) ५ मिली लिटर प्रति लिटर पानीमा मिसाएर छर्ने ।

कोसेवालीलाई मकै सँग अन्तरबालीको रुपमा लगाउदा यस किराको प्रकोप कम गर्न सकिन्छ ।

यो किरा वेलुका र रातिको समयमा चर्न रुचाउने भएकोले बत्ती पासो (Light Trap) को प्रयोग गरेर पनि वयस्क किरालाई नियन्त्रण गर्ने सकिन्छ ।

डेस्मोडियम (Desmodium) घाँसको सुगन्ध यो किरालाई मन नपर्ने र नेपिएर (Napier)घाँसको सुगन्धबाट पोथी किरा आर्कषित हुने हुनाले डेस्मोडियम घासलाई मकैबालीको बिच बिचमा लगाउने र नेपिएर घाँसलाई छेउ छेउमा लगाएर किरालाई आकर्षित गर्ने र किरालाई जैविक विषादिको प्रयोग गरी मार्ने ।

यदि किराको प्रकोप बढेमा निम्न बमोजिम रसायनिक बिषादीको प्रयोगबाट यो किराको व्यवस्थापन गर्न सकिन्छ ।

इमामेक्टीन बेन्जोएट(Emamectin Benzoate) ५% एस.जि. १ ग्राम प्रति २.५ लिटर पानीमा राखेर स्प्रे गर्ने,

स्पाईनेटोराम(Spinetoram) ११.७ एस.सी. १ मि.लि. प्रति २ लिटर पानीमा राखेर स्प्रे गर्ने,

क्लोरान्ट्रानिलिप्रोल(Chlorantranillprole) १८.५ % एस.सि. १ मि.ली.प्रति २.५ लिटर पानीमा राखेर स्प्रे गर्ने,

स्पाइनोस्याड (Spinosad) ४५% एस.सि. १ मि.ली. प्रति ३ लिटर पानिमा राखेर बोटमा स्प्रे गर्ने,

लगातार एउटै विषादी प्रयोग गर्दा विषादीको कम प्रभाव पर्ने हुनाले आलोपालो रुपमा विषादीको प्रयोग गर्ने,

सिफारिस नगरिएको रसायनिक विषादीको प्रयोगले गर्दा सहि विषादी पनि प्रभावहीन हुन्छ त्यसैले कृषि प्राविधिकको सल्लाहअनुसार सिफारिस रसायनिक विषादीको प्रयोगले यस किराको जोखिम कम गर्न सकिन्छ ।

बागमती प्रदेश सरकार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय

हेटौंडा, नेपाल

Loading...

अन्य समाचारहरु: