Sat. Jul 27th, 2024

मानवअधिकार घुम्ती शिविर परिचालन समितिलाई कर्मचारी आवश्यकता

राष्ट्रिय मानवअधिकार आयोगले नेपालबार एशोसिएशन, नेपाल पत्रकार महासंघ र गैरसरकारी संस्था महासंघसँगको सहकार्यमा धादिङलगायत भूकम्पबाट अतिप्रभावित जिल्लामा भूकम्प प्रभावितहरुको मानवअधिकार अवस्था अनुगमन गर्न मानवअधिकार घुम्ती शिविर परिचालन समितिको स्थापना गरी सञ्चालन गर्न लागेको छ । घुम्ती शिविरको सञ्चालन गर्न परिचालन समिति गठन भइसकेको र सचिवालयमा काम गर्न एक जना सहजकर्ताको आवश्यकता परेकाले निम्नबमोजिमको योग्यता पुगेका इच्छुक व्यक्तिहरूले यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र दरखास्त दिन आव्हान गरिन्छ ।

योग्यताः
 कम्तिमा १०+२ उत्तीर्ण भएको
 २५ वर्ष उमेर पुगेकोे
– कुनै राजनीतिक दलमा आवद्ध नभएको
 मानव अधिकारसम्बन्धी ज्ञान भएको
 मानवअधिकार अनुगमन र प्रतिवदेन लेखनमा अनुभव भएको

उपर्युक्त योग्यता पुगेका इच्छुक नेपाली नागरिकले नागरिकता, शैक्षिक योग्यताका प्रमाणपत्रको प्रतिलिपि र व्यक्तिगत विवरण सहित २०७२ साउन २५ गते भित्र मानव अधिकार घुम्ती शिविरको सचिवालय, धादिङ तथा, धादिङ बार एसोशिएसन, पत्रकार महासंघ तथा गैरसरकारी महासंघको जिल्ला कार्यालयहरुमा दरखास्त दिन सकिनेछ । छोटो सूचीमा परेका दर्खास्तकर्तालाई मात्र अन्तर्वातामा बोलाइनेछ । महिला, दलित, अपाङ्ता भएका व्यक्ति एवम् सीमान्तकृत समुदायलाई प्राथमिकता दिइनेछ ।

मानवअधिकार घुम्ती शिविर परिचालन समितिको सचिवालय
धादिङ बार एसोशिएसन, धादिङबेँसी
फोनः ०१०–५२०४३१

About The Author

Loading...

अन्य समाचारहरु: