Sat. Jul 27th, 2024

भान्सामा ग्यासको सुरक्षित प्रयोग यसरी गर्नुहोस्

हामीले भान्सामा प्रयोग गर्ने ग्यासमा अरू ग्यासभन्दा कम जोखिम हुन्छ । कहिलेकाहीँ हेलचेक्र्याइँका कारण विस्फोट भएर आगलागी हुन सक्छ । ठूलो धनजनको क्षति पनि हुन सक्छ । यसले कति क्षति गर्छ भन्न सकिन्न । त्यसैले ग्यासचुलो प्रयोग गर्दा ध्यान दिन जरुरी छ ।
– ग्यासचुलो नियमित रूपमा सरसफाइ तथा आवश्यकताअनुसार मर्मत गर्नुपर्छ । 
– नेपाल गुणस्तर चिह्न प्राप्त रेगुलेटर र ग्यासपाइप मात्रै प्रयोग गर्नुपर्छ ।
– ग्यासपाइप बढीमा १.५ मिटरभन्दा लामो हुनुहुँदैन ।
– बाहिरी भाग कडा र पाइपको बीचमा तार भएको प्रयोग गर्नुपर्छ ।
– खाना पकाउँदा आगोले चाँडै टिप्ने खालको कपडा लगाउनुहुँदैन ।
– सकेसम्म शरीर पूरै ढाकिने कपडा लगाएर खाना पकाउनुपर्छ ।
– सकेसम्म खाना पकाउँदा सुरक्षाका लागि एप्रोन प्रयोग गर्नुपर्छ ।
– ग्यासमा पानी पर्न दिनुहुँदैन । 
– ग्यास लिक भएको पाइएमा बिजुलीका स्विच अन–अफ गर्नुहुँदैन ।
– ग्यास लिक भएको अवस्थामा झ्याल–ढोका खोलेर ग्यास बाहिर जान दिनुपर्छ । 

About The Author

Loading...

अन्य समाचारहरु: