Sun. May 11th, 2025

झरनाले भनिन् -‘एक भागवत् गीता चलचित्र सेन्सर सिफारिस नभएपछि मर्नु र बाँच्नुको पीडा भयो’

काठमाडौंँ – निर्देशक झरना थापाले फिल्म ‘एक भागवत् गीता’ चल्न नदिने अवस्था आउँदा मर्नु र बाँच्नुको पीडा भएको बताएकी छन् । उनले शनिबार मध्यरातमा सामाजिक सञ्जालमा एक भावुक स्टाटस पोष्ट गर्दै फिल्मको पीडा पोखेकी हुन् । उनले फिल्ममा आफ्नो सारा श्रोत, सम्पत्ति र सपना समेत खर्चिएको बताएकी छन् ।

थाहा छैन, प्रिय दर्शकहरुको मायाको तेलले बलिरहेको यो झरना थापा नामको दियो अब बल्न पाउँछ कि पाउँदैन’ उनले अगाडि लखेकी छन्– ‘सत्य बोलिरहँदा पनि, सहि छु भनेर प्रमाण दिइरहँदा पनि कसैले नसुनिदिएपछि अन्तिममा फैसला त भगवानले गर्नु होला नि होइन ’

फिल्म क्षेत्रमा आफू तीन दशकदेखि रहेको बताएकी झरनाले फिल्म ‘एक भागवत् गीता’ आफ्नो भगवान् श्रीकृष्णप्रतिको असिम आस्थालाई केन्द्रमा राखेर निर्माण गरेको समेत उल्लेख गरेकी छन् । भन्छिन्– ‘मैले मेरो जीवन भर राष्ट्र, हाम्रो देशको इतिहास, भौगोलिक अखण्डता, सांकृतिक विविधता, धार्मिक आस्था र सहिष्णुतामा आँच आउने कर्म अहिलेसम्म गरेको छैन ।’

About The Author

अन्य समाचारहरु: