Sat. Jul 27th, 2024

इराकी टिकटक स्टार सवादीको गोली हानी हत्या

काठमाडौं – इराकी टिकटक स्टार गुफ्रान सवादीको गोली हानी हत्या गरिएको छ । राजधानी बगदादस्थित उनको घरबाहिर उनको हत्या भएको हो । उनी उम्म फहाद नामबाट सामाजिक सञ्जालमा चर्चित थिइन् ।

यो घटना बगदादको पूर्वमा पर्ने जायुना क्षेत्रमा भएको थियो र यसलाई सीसीटीभी क्यामेराले भिडियोमा कैद गरी सामाजिक सञ्जालमा सेयर गरिएको सीएनएनले जनाएको छ ।

भिडियोमा मोटरसाइकलमा सवार बन्दुकधारीले गोली हानेर सवादीको घटनास्थलमै हत्या गरेको देखिन्छ । बगदाद प्रहरी स्रोतले भिडियोको प्रामाणिकता पुष्टि गरेको छ ।

इराकका आन्तरिक मामिलामन्त्रीले ‘अज्ञात आक्रमणकारीले सामाजिक सञ्जालमा परिचित महिलाको हत्याको अवस्था पत्ता लगाउन विशेष कार्य टोली गठन गरिरहेको’ घोषणा गरेका छन् ।

सवादी टिकटकमा निकै लोकप्रिय थिइन् । उनी फिटिङ पहिरन लगाएर पप संगीतमा नाचेको भिडियो सेयर गर्थिन् । विगतमा यी भिडियोलाई इराकको न्यायपालिकाले अनुचित मानेको थियो ।

अश्लील र अभद्र भाषाको प्रयोग गरेको, सार्वजनिक शिष्टता र नैतिकताको उल्लंघन गर्ने धेरै फिल्म र भिडियो निर्माण गरेको भन्दै सवादीमाथि ६ महिनाको जेल सजाय सुनाइएको थियो । अन्य इराकी सामाजिक सञ्जालका स्टारलाई पनि आक्रमणका घटना भएका थिए ।

About The Author

Loading...

अन्य समाचारहरु: