पाँच वर्षपछि भारत शीर्ष स्थानमा

माघ ३, २०७२

test match३ माघ, भारत – भारत पाँच वर्षपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीले टेस्ट र्‍याङकिङमा पहिलो स्थानमा उक्लिएको छ । पहिलो स्थानको दक्षिण अफ्रिका इंग्ल्याण्डसँगको श्रृँखलामा २–० ले हारेपछि भारत पहिलो स्थानमा उक्लिएको हो ।

भारतीय टिम एक सय १० अंकसहित शीर्ष स्थानमा छ । एक अंक कम रहेको अस्ट्रेलिया दोस्रो स्थानमा छ । दक्षिण अफ्रिकाले पछिल्लो एक वर्षमा एउटा पनि टेस्ट क्रिकेट जितेको छैन ।

इंग्ल्याण्डसँगको चौंथो तथा अन्तिम टेस्ट जितेपनि दक्षिण अफ्रिकाको र्‍याङकिङमा सुधार हुने छैन । गएको डिसेम्बरमा भारतसँगको टेस्टमा दक्षिण अफ्रिका ३–० ले हारेको थियो । भारत सन् २०११ पनि पहिलो पटक टेस्ट र्‍याङकिङमा पहिलो स्थानमा उक्लिएको हो ।

अस्ट्रेलियाले आउँदो फेब्रुअरीमा छैटौं स्थानको न्युजिल्याण्डसँग दुई टेस्टको श्रृँखला खेल्नेछ । यो खेलमा १–० ले मात्रै जिते पछि अस्ट्रेलिया भारतलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिने छ ।
– एजेन्सीको सहयोगमा

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

धादिङको परेवाटार नजिकै भ्यान दुर्घटना, दुई जना घाइते

सार्वजनिक प्रसारणलाई गुणस्तरीय, विश्वसनीय र प्रभावकारी बनाइनुपर्छः सञ्चारमन्त्री खरेल

निर्वाचनको वातावरण बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुन्छः राष्ट्रपति

रूसले युक्रेनमा हान्यो ४५० ड्रोन र ४५ मिसाइल

बाउल लिगमा नेपाल यूएईसँग ४३ रनले पराजित

इंग्लिस प्रिमियर लिगमा आर्सनल र सन्डरल्यान्डको बराबरी

रास्वपाको विस्तारित बैठक सम्पन्न : घोषित मितिमा निर्वाचन गर्न जोड   

यो पनि पढ्नुहोस