सभामुख अर्यालसँग राजदूत पार्कको भेट

राष्ट्रिय समाचार समिति

मंसिर ७, २०८३

काठमाडौँ। सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जाई क्युंगले शिष्टाचार भेट गर्नुभएको छ ।
 सङ्घीय संसद् सचिवालयमा आज भएको भेटमा सभामुख अर्यालले राजदूत पार्कलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।  त्यस अवसरमा उहाँले नेपाल र कोरियाबीच सन् १९७४ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि सुमधुर सम्बन्ध रही आएको उल्लेख गर्दै कोरिया नेपालको महत्वपूर्ण विकास साझेदार रहेको बताउनुभयो ।
   पूर्वाधार, ऊर्जा, सूचना प्रविधि, डिजिटलाइजेसन, व्यापार, पर्यटन तथा लगानीका क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिँदै सभामुख अर्यालले नेपाल वायुसेवा निगमको नेपाल–कोरिया उडान सञ्चालनका लागि आवश्यक समन्वय र सहजीकरण गर्न राजदूत समक्ष आग्रह गर्नुभयो ।
    नेपालका बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि कोरियाली सरकारले उपलब्ध गराएको आर्थिक तथा जिन्सी सहयोग तथा कोरियाली विपद् प्रतिकार्य टोली परिचालन गरेकोमा उहाँले धन्यवाद व्यक्त गर्नुभयो ।
रसुवा बाढीलगायतका विपद्का क्रममा सम्पर्कविहीन कोरियाली नागरिकका परिवारप्रति समवेदना व्यक्त गर्नुभयो । उहाँले कोरिया अन्तरराष्ट्रिय सहयोग नियोग ९कोइका० मार्फत शिक्षा, स्वास्थ्य, कृषि तथा मानव संशाधन विकासमा प्राप्त सहयोगको प्रशंसा गर्दै जलविद्युत् र उत्पादनमूलक क्षेत्रमा कोरियाली लगानी विस्तारको सम्भावना औँल्याउनुभयो ।
    रोजगार अनुमति प्रणाली ९इपिएस० मार्फत नेपाली युवालाई रोजगारीका अवसर उपलब्ध गराएकोमा धन्यवाद दिँदै दुई देशबीच पर्यटन तथा सांस्कृतिक सम्बन्ध थप सुदृढ गर्नुपर्ने बताउनुभयो ।
    त्यस अवसरमा राजदूत पार्कले बाढीबाट भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा कोरिया निरन्तर सहयोग गर्न तयार रहेको बताउनुभयो । उहाँले नेपाल–कोरिया सम्बन्धलाई थप प्रगाढ बनाउन आफ्नो कार्यकालमा पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

सभामुख अर्यालसँग राजदूत पार्कको भेट

मनकामना केबलकार दुई करोड १२ लाखले चढे

प्रधानमन्त्री शाह भारतको राजकीय भ्रमण सकेर आजै स्वदेश फर्कंदै

राष्ट्रिय खेलकुदका लागि हवाई उडान सहज बनाउन मन्त्री पोखरेलको आग्रह

प्रधानमन्त्री शाहलाई समकक्षी मोदीद्वारा भारतको ‘प्रधानमन्त्री गतिशक्ति’ योजनाबारे जानकारी

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति