मनकामना केबलकार दुई करोड १२ लाखले चढे

राष्ट्रिय समाचार समिति

मंसिर ७, २०८३

चितवन। गोरखाको मनकामना दर्शन गर्ने सिलसिलामा गएको २८ वर्षमा दुई करोड १२ लाखभन्दा बढी यात्रुले मनकामना केबलकारको प्रयोग गरेको पाइएको छ ।
चितवनको इच्छाकामना गाउँपालिको चेरेसमा स्टेशन रहेको मनकामना दर्शन प्रालि आफ्नो केबलकारको यात्रा सफलता पूर्ववक पार गरिरहेको जनाएको छ ।
२९औँ वर्षमा प्रवेश गरेको अवसरमा प्रालिले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “संस्थापक लक्ष्मण बाबु श्रेष्ठको परिकल्पना र स्थापनामा सुरु भएको केबुलकारले नेपालको पर्यटन र पूर्वाधार विकासको क्षेत्रमा एक अग्रणी उद्यमको रूपमा आफूलाई स्थापित गरेको छ ।”
विसं २०५५ मङ्सिर ८ गतेबाट सञ्चालनमा केवलकार आएको उक्त केवलकार ३ दशमलव ०२ किलोमिटर दूरीको छ । नेपालीसहित भारतीय र अन्य मुलुकका नागरिक मनकामना दर्शन गर्न उक्त केवलकार चढेर जान गरेका छन् ।
उक्त प्रालिले सहिद लखन गाउँपालिका र इच्छाकामना गाउँपालिका, स्थानीय समुदाय, चितवन र गोरखा जिल्ला प्रशासन कार्यालय तथा सम्पूर्ण शुभेच्छुकप्रति निरन्तर साथ र सहयोगका लागि कृतज्ञतासमेत व्यक्त गरेको छ ।
प्रालिले पछिल्लो समय यात्रुको माग, सेवा, सुविधा र हितलाई ध्यानमा राखेर मन्दिर नजिक मनकामना हिलक्रेस्ट रिसोर्टसमेत सञ्चालनमा ल्याएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

सभामुख अर्यालसँग राजदूत पार्कको भेट

मनकामना केबलकार दुई करोड १२ लाखले चढे

प्रधानमन्त्री शाह भारतको राजकीय भ्रमण सकेर आजै स्वदेश फर्कंदै

राष्ट्रिय खेलकुदका लागि हवाई उडान सहज बनाउन मन्त्री पोखरेलको आग्रह

प्रधानमन्त्री शाहलाई समकक्षी मोदीद्वारा भारतको ‘प्रधानमन्त्री गतिशक्ति’ योजनाबारे जानकारी

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति