९० लाखको लगानीमा वधशाला निमार्ण हुने

मंसिर २७, २०७१

badsala

२७ मंसिर धादिङ- धादिङमा वधशाला सहितको शीत भण्डार निमार्ण हुने भएको छ । धादिङबेसीमा आज सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरी कार्यक्रमको बारेमा जानकारी गराइएको हो ।
व्यावसायीक कृषि तथा व्यापार आयोजना र धादिङ ह्याचरी एण्ड पोल्ट्री प्रा. लि.को लगानीमा नीलकण्ठ नगरपालिका ०७२ सालको असार मसान्तसम्म निमार्ण भइसक्ने जानकारी दिएको छ ।
४३ लाख ८२ हजार ९ सय २१ रुपैया प्याट र ४७ लाख २१ हजार ९ सय २० रुपैया आयोजनाको गरी ९० लाख ६४ हजार ८ सय ४२ रुपैयाको कूल लागतमा बन्न लागेको वधशाला चाडैँ नै सुरु गर्ने ह्याचरी प्रा.लि.का अध्यक्ष नवराज लम्सालले जानकारी दिनुभयो ।
वधशाला निमार्ण भइसकेपछि यसबाट उत्पादित बस्तुहरु काठमाडौँ, नारायणघाट लगायतका ठाँउहरुमा खपत गरिने आयोजक संस्थाले जानकारी दिएको छ ।
अहिले ह्याचरीले हप्ताको १० हजार चल्ला निकाल्ने गरेको छ । यसबाट वार्षिक रुपमा २६ हजार मेट्रिकटन  मासु खपत हुने गरेको पनि कार्यक्रममा जानकारी गराइएको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

नेकपाले मङ्सिर ११ देखि १५ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने

ग्रामीण भेगको प्रेमकथा ‘काजी’

स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै

केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना

ट्राफिक नियम उल्लङ्घन भएमा लाइसेन्स र ब्लुबुक नखोजिने

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

चीन–नेपाल सुरक्षा सहकार्यमा जोड

यो पनि पढ्नुहोस