भोटेकोसीको उत्पादन यसै साता

पुष ३०, २०७१

चौतारा

दलीय अवरोधका कारण तीन महिनदेखि ट्रान्सिमिसन लाइनको टावर निर्माण अवरुद्ध भएको ४५ मेगावाटको भोटेकोसी विद्युत् आयोजनाले यसै सातादेखि उत्पादन सुरु गर्ने भएको छ ।

स्थानीयलाई ६ प्रतिशत सेयर दिने सहमतिपछि तीन साताअघि सुरु भएको टावर निर्माण भने पूरा भएको छ । गत साउन १७ गते सुनकोसी पहिराले क्षति पुर्‍याएका सात वटा टावर नयाँ निर्माण गरिएको हो ।

No data was found

भोटेकोसी हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत नरेन्द्र प्रजापतिका अनुसार टावर निर्माण पूरा गरेर तार तान्न सुरु गरिएको छ । यो साताभित्रै विद्युत् प्रवाह गराउने तयारीमा छौं, उनले भने, तत्काल करिब २० मेगावाट उत्पादन हुन्छ ।

सत्तारूढ र प्रतिपक्ष एवं सभासदले संघर्ष समिति गठन गरेर गत असोज ३ गतेदेखि टावर निर्माण रोकेका थिए । टावर निर्माण रोकेर विद्युत् उत्पादन बन्द गर्दा कम्पनीले दैनिक ८६ लाख नोक्सानी बेहोर्दै आएको थियो ।

प्रधानमन्त्री सुशील कोइरालाले सञ्चालित आयोजना बन्द गर्दा लगानीकर्तामा गलत सन्देश जाने भन्दै टावर निर्माण तत्काल सुरु गराउन निर्देशन दिएपछि कम्पनी र दलहरूले गत ९ गते राति सहमति गरेका थिए ।

बन्द आहान गर्दा नेपाली कांग्रेसले १० प्रतिशत र अन्य दलले ३५ प्रतिशत सेयर माग गरेका थिए । सुरुमा दलहरूले अमेरिकन लगानी रहेको आयोजनाले डलरमा विद्युत् खरिद सम्झौता ९पीपीए० गरेर प्राधिकरणलाई घाटा पुर्‍याएको आवाज उठाएका थिए ।

अहिले भने दलहरूले डलरमा सम्झौता गरेको मुद्दा थाँती राखेर सर्वसाधारणलाई सेयर दिने सर्तमा अवरोध फिर्ता लिएका हुन् । सेयर रकम कसरी बाँडफाँड गर्ने टुंगो लागेको छैन । हाल ९५ प्रतिशत लगानीको नेपालीको छ ।
(इ कान्तिपुर अनलाइनबाट साभार)

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

‘सुशासनसँगै प्रदेशको विकासमा महत्वपूर्ण उपलब्धि हासिल भएको छ’

प्रतिनिधिसभाः शून्य समय सांसदद्वारा जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण

कीर्तिपुरमा बाघभैरव जात्रा

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

सङ्क्रामक पशुरोग नियन्त्रण विधेयक विधायन व्यवस्थापन समितिमा

यो पनि पढ्नुहोस