धादिङका नवनिर्वाचित सांसदहरूलाई पालिकाहरूको सम्मान
सम्बाददाता

चैत ३०, २०८२

धादिङ । धादिङ जिल्लाका स्थानीय तहहरूले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई बधाई तथा शुभकामना ज्ञापन गरेका छन् ।

प्रतिनिधि सभा निर्वाचन २०८२ बाट निर्वाचित भई आएका सातै जना सांसदहरूलाई एउटै मञ्चमा निम्त्याएर पालिकाहरूले सम्मान गरेको हो ।

शुभकामना सहितको सम्मानले जिल्लाको भावी विकास र नीति निर्माणका लागि सकारात्मक सुरुवातको रूपमा हेरिएको छ । निर्वाचनका बेला भएका राजनीतिक मतभेदलाई थाती राखेर जिल्लाको हितका लागि सबै पक्ष एक ठाउँमा छन् भन्ने सन्देश दिएको धादिङ-२ बाट नवनिर्वाचित सांसद बोधनारायण श्रेष्ठले बताए ।

No data was found

स्थानीय तह र संघीय सांसदबीच भावनात्मक सम्बन्ध सुमधुर बनाउन र विकासका एजेन्डाहरूमा साझा बुझाइ कायम गर्न कार्यक्रमले सहयोग पुगेको सहभागीहरुले प्रतिक्रिया दिएका छन् ।

स्थानीय सरकारले आफ्ना योजनाहरू संघीय बजेट र नीतिमा समेट्नका लागि सांसदहरूको साथ आवश्यक पर्ने हुनाले, यो कार्यक्रमले जनप्रतिनिधिहरूबीच प्रारम्भिक संवादको वातावरण तय गर्ने नीलकण्ठ नगरपालिकाका मेयर एवं नगरपालिका महासंघ नेपालका अध्यक्ष भीम प्रसाद ढुंगानाले बताए ।

स्थानीय तहका व्यावहारिक समस्याहरूलाई नीतिगत रूपमै सम्बोधन गर्नेगरी संघीय संसदमा कानुन बनाउन स्थानीय जनप्रतिनिधिहरुले सुझाव दिएका छन् । स्थानीय तहले कार्यान्वयन गर्ने र सङ्घले नीतिगत नेतृत्व लिने योजनाको ‘डुप्लिकेसन’ रोक्न र स्रोतको सही बाँडफाँटमा ध्यान दिन पनि आग्रह गरे ।

प्रत्यक्षतर्फबाट निर्वाचित सांसद बोध नारायण श्रेष्ठसहित समानुपातिक सांसदहरू बसुमाया तामाङ, गंगादेवी श्रेष्ठ, डा. पुष्पराज कँडेल, सीता थपलिया (उर्मिला), सरस्वती लामा सहभागी थिए । धादिङ क्षेत्र नं. १ बाट प्रत्यक्षतर्फ विजयी सांसद आशिका तामाङ भने सहभागी थिइनन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

भोटेकोसी बाढीका ५० प्रभावित बालबालिकालाई बेनिघाट रोराङले कक्षा १२ सम्म निःशुल्क पढाउने

भोटेकोशी बाढीः चितवनमा फेला परेका ३६३ शवमध्ये १४ को पहिचान, ७५ जना आफन्तको ‘डिएनए’ सङ्कलन

धादिङको थाक्रेमा मोटरसाइकल दुर्घटना, २ जनाको घटनास्थलमै मृत्यु

बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय

यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

यो पनि पढ्नुहोस
सम्बाददाता