श्रमिकका लागि दोहामा सचेतना कार्यक्रम

राष्ट्रिय समाचार समिति

जेठ २३, २०८३

काठमाडौँ। दोहास्थित नेपाली राजदूतावासले शुक्रबार नेपाली श्रमिकका लागि सचेतना कार्यक्रमको आयोजना गरेको छ ।

नेपाली समुदायका लागि कतारको राष्ट्रिय मानवअधिकार समितिका कानुनी सल्लाहकार हमिद खानले आफ्नो प्रस्तुतिमार्फत कतारमा रहँदा पालना गर्नुपर्ने नियम, कानुनका बारेमा जानकारी दिँदै कतार बसाइका क्रममा आइपर्नसक्ने सम्भावित जोखिमहरुका बारे सहभागीहरुलाई सचेत गराउनुभएको थियो ।

राजदूतावासका श्रम सहचारी सीता दुवाडीले नेपालको श्रम कानुन, श्रम स्वीकृति प्रक्रिया तथा सामाजिक सुरक्षामा जोडिँदा लिन सकिने लाभका बारेमा जानकारी दिनुभएको थियो ।

No data was found

उक्त राजदूतावासका अनुसार द्वितीय सचिव स्मारिका सुवेदीले राजदूतावासबाट प्रदान गरिने राहदानी तथा कन्सुलरसम्बन्धी सेवाबारे जानकारी दिनुभएको थियो ।

कतारस्थित हिमाल रेमिटका प्रतिनिधि वेनुप्रसाद तिम्सिनाले बैंकिङ तथा विप्रेषण सचेतनाअन्तर्गत औपचारिक माध्यमबाट विप्रेषण पठाउँदाका फाइदा तथा अनौपचारिक माध्यम प्रयोग गर्दाका जोखिमबारे सचेत गराउनुुभएको थियो ।

कार्यक्रमको समापन गर्दै कार्यवाहक राजदूत कुमार राईले नेपाली कामदारहरुलाई कतारको श्रम कानुनको पूर्णपालना गर्न अनुरोध गर्नुभयो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

रियादको वित्तीय क्षेत्रमा आक्रमण, अरामको टावरमा क्षति

प्रहरी केनाइन कार्यालयमा कुकुर पूजा सम्पन्न

सुनचाँदीको मूल्य स्थिर

मुख्यमन्त्री थापामगरद्वारा नारी शक्तिको सम्मान गर्न आग्रह

आगामी २४ घण्टाको मौसम पूर्वानुमान

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति