दैनिक १२ वटा नक्कली लाइसेन्स

माघ १८, २०७१

drivinglicence_20150131085052

काठमाडौं

ललितपुरस्थित यातायात व्यवस्था कार्यालयबाट दैनिक १२ वटा नक्कली चालक अनुमतिपत्र बिक्री हुने गरेको पाइएको छ । नक्कली अनुमतिपत्र बनाउने गिरोहका सदस्यहरूलाई प्रहरीले पक्राउ गरेपछि यो रहस्य खुलेको हो ।

प्रहरीले यातायात कार्यालय अगाडि बसेर अनुमतिपत्र (लाइसेन्स) बिक्री गर्ने गिरोहका दुई जनालाई पक्राउ गरेको छ । नक्कली सेवाग्राही बनेर गएका महानगरीय ट्राफिक प्रहरी महाशाखाका कर्मचारीले गिरोहका ती दुई जनालाई पक्रेका हुन् । पक्राउ परेकामा काठमाडौं सुनडोल गाविसका श्यामकृष्ण डंगोल र ललितपुर कुसुन्तीका रमेश नापित छन् । गिरोहका अन्य दुई फरार रहेको प्रहरीले जनायो ।

महाशाखा प्रमुख नायब महानिरीक्षक (डीआईजी) केशव अधिकारीले दुर्घटनाका धेरैजसो कारण चालकको लापरबाही भएको बताए । उनले भने, दुर्घटनामा पर्ने अधिकांश चालकको अनुमतिपत्रसमेत नक्कली पाइयो । उनका अनुसार गिरोहले पछिल्लो ६ वर्षदेखि नक्कली अनुमतिपत्र बनाउने गरेका थिए । उनीहरू यातायात व्यवस्था कार्यालयका कर्मचारीसँगको मिलेमतोमा नक्कली अनुमतिपत्रलाई सक्कली रूप नै दिलाउँथे । ुबाहिर बसेर नक्कली अनुमतिपत्र तयार गरेपछि यातायात व्यवस्था कार्यालयभित्रै गएर सक्कली छाप हान्ने गरेका रहेछन्, डीआईजी अधिकारीले भने, ुयातायातको ढड्डामा दर्ता भएरनभएको अनुसन्धान हुँदैछ । सक्कली कार्ड र स्टिकर कृष्णमुरारी नाम गरेका व्यक्तिले कार्यालयबाटै ल्याइदिने गरेको प्रहरीले जनायो ।

प्रहरीका अनुसार यातायात कार्यालयबाट जारी भएका पुराना अनुमतिपत्रको नम्बर, व्यक्तिहरूको सवारी चालक अनुमतिपत्र नम्बर कर्मचारीले नै ती व्यक्तिलाई उपलब्ध गराउने गरेको पाइएको छ । यस्तै, सर्वसाधारणले अनुमतिपत्र लिएको पाँच वर्षमा नवीकरण गर्दा बुझाइएको सवारी चालक अनुमतिपत्रको नम्बरसमेत यो गिरोहले पाउने गरेका थिए । गिरोहले प्रतिदिन १२ वटा नक्कली सवारी चालक अनुमतिपत्र बनाइदिने स्वीकारेको छ । एउटा सवारी चालक अनुमतिपत्र १५ देखि १७ हजार रुपैयाँमा बिक्री हुने पाइएको छ ।

नक्कली अनुमतिपत्रहरू धेरैजसो विदेश जाने व्यक्तिले मोटो रकम तिरेर लैजाने गरेको प्रहरीको भनाइ छ । यहाँ मोटरसाइकल मात्र चढ्नेले विदेश जाँदा गाडीको पनि लाइसेन्स लैजान खोज्छन्, डीआईजी अधिकारीले भने । प्रहरीले गिरोहबाट ५२ वटा लाइसेन्स बनाउने खाली कार्ड, छाप, दस्तखत र ३५ थान फोटो भएको तयारी लाइसेन्स पनि बरामद गरेको छ ।
इकान्तिपुर अनलाइनबाट

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

एरिका गुरुङ कराते वान प्रिमियर लिगको फाइनलमा

भोट नहाल्ने नेताहरुको खोजी भइरहेको छ : माधव नेपाल

जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी

नेपाल–भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन सुरु

अग्रज कलाकार मुल्मीको ‘प्रतिविम्ब’ कला प्रदर्शनी

पूर्वाधारका पर्खाइमा सोवाङधुरी : हिमाल र सूर्येदय हेर्न आकर्षकस्थल  

यो पनि पढ्नुहोस