राँगो चोर्ने तीन जना पक्राउ

माघ २३, २०७१

chori.psd

धादिङ
भैसीको राँगो चोरीमा संलग्न तीन जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

बिहीबार धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर ७ तल्लोबेसीका युवराज अधिकारीको गोठमा बाँधेको भैसीको राँगो चोरी गर्ने निलकण्ठ नगरपालिका ७ का धर्मराज अर्याल, विष्णु नेपाली र दिनेश बि.क.लाई प्रहरीले पक्राउ गरेको हो ।

गोठमा बाँधेको राँगो रातीको समयमा हराएको भन्ने बखरको आधारमा प्रहरीले तीनै जनालाई गाउँबाटै पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक प्रकाश मल्ले जानकारी दिए ।

चोरीमा संलग्न किरण परियार अझै फरार रहेको प्रहरीले जनाएको छ । हराएको भनिएको राँगो खोजतलासको क्रममा प्रहरीले सदरमुकाम धादिङबेसी स्थित फिल्महल चोकबाट फेला पारेको थियो । पक्राउ परेकाहरुको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बासुदेव थापाले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

सार्वजनिक प्रसारणलाई गुणस्तरीय, विश्वसनीय र प्रभावकारी बनाइनुपर्छः सञ्चारमन्त्री खरेल

निर्वाचनको वातावरण बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुन्छः राष्ट्रपति

रूसले युक्रेनमा हान्यो ४५० ड्रोन र ४५ मिसाइल

बाउल लिगमा नेपाल यूएईसँग ४३ रनले पराजित

इंग्लिस प्रिमियर लिगमा आर्सनल र सन्डरल्यान्डको बराबरी

रास्वपाको विस्तारित बैठक सम्पन्न : घोषित मितिमा निर्वाचन गर्न जोड   

‘देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन’

यो पनि पढ्नुहोस