
धादिङ
भैसीको राँगो चोरीमा संलग्न तीन जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
बिहीबार धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर ७ तल्लोबेसीका युवराज अधिकारीको गोठमा बाँधेको भैसीको राँगो चोरी गर्ने निलकण्ठ नगरपालिका ७ का धर्मराज अर्याल, विष्णु नेपाली र दिनेश बि.क.लाई प्रहरीले पक्राउ गरेको हो ।
गोठमा बाँधेको राँगो रातीको समयमा हराएको भन्ने बखरको आधारमा प्रहरीले तीनै जनालाई गाउँबाटै पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक प्रकाश मल्ले जानकारी दिए ।
चोरीमा संलग्न किरण परियार अझै फरार रहेको प्रहरीले जनाएको छ । हराएको भनिएको राँगो खोजतलासको क्रममा प्रहरीले सदरमुकाम धादिङबेसी स्थित फिल्महल चोकबाट फेला पारेको थियो । पक्राउ परेकाहरुको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बासुदेव थापाले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0