सञ्चालकले तीन करोड लिएर भागेपछि बचतकर्ताको विचल्ली

फाल्गुन १०, २०७१

lab-company-sto_1424592510

मोरङ  । मोरङको विराटनगरमा सञ्चालित गजलक्ष्मी सहकारी संस्था लिमिटेडका पदाधिकारीहरुले ग्राहकले बचत गरेको रू। तीन करोड लिएर फरार भएका छन् ।

गत तीनदिनदेखि सहकारी संस्थामा ताला बन्द गरी सञ्चालक समिति अध्यक्ष राम श्रेष्ठ, उपाध्यक्ष दीपेश शाक्य, सचिव नारायण श्रेष्ठलगायतका पदाधिकारीहरु फरार भएको पीडितले जानकारी दिएका छन् ।

पीडित डिल्ली घिमिरेका अनुसार उपाध्यक्ष दीपेश शाक्यले रू। १६ लाख, सचिव नारायण श्रेष्ठले रू। २४ लाख र अन्य सञ्चालक समितिका पदाधिकारीले संस्थाको सबै रकम लिएर फरार भएको हुन सक्ने बताए ।

घिमिरेलगायत एक हजार २ सय बचत कर्ताको रू। तीन करोडबराबरको रकम लिएर फरार भएको उनीहरुको भनाइ छ । पीडित घिमिरेलगायतका पीडितहरुको टोलीले जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिइसकेका छन् ।

उता जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले फरार रहेका सञ्चालक समितिका पदाधिकारीहरुको खोजी कार्य भइरहेको जानकारी दिए। रासस

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

धादिङको परेवाटार नजिकै भ्यान दुर्घटना, दुई जना घाइते

सार्वजनिक प्रसारणलाई गुणस्तरीय, विश्वसनीय र प्रभावकारी बनाइनुपर्छः सञ्चारमन्त्री खरेल

निर्वाचनको वातावरण बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुन्छः राष्ट्रपति

रूसले युक्रेनमा हान्यो ४५० ड्रोन र ४५ मिसाइल

बाउल लिगमा नेपाल यूएईसँग ४३ रनले पराजित

इंग्लिस प्रिमियर लिगमा आर्सनल र सन्डरल्यान्डको बराबरी

रास्वपाको विस्तारित बैठक सम्पन्न : घोषित मितिमा निर्वाचन गर्न जोड   

यो पनि पढ्नुहोस