धादिङमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सम्बाददाता

मंसिर ८, २०८३

धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका–७ गल्छी बजारमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मुत्यु भएको छ ।

मंगलबार काठमाडौंबाट गजुरीतर्फ आउँदै गरेको बा.४ ख ६०५९ नम्बरको टिपरले विपरीत दिशाबाट जाँदै गरेको बा.९८ प ३१३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक डडेल्धुराको अजयमेरु गाउँपालिकाका २८ वर्षीय बरुणप्रसाद भट्टको घटनास्थलै मुत्यु भएको हो ।

टिपरका चालक मकवानपुरको भीमफेदी गाउँपालिका–२ का ३३ वर्षीय गोविन्द घलानलाई नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो ।

No data was found
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

धादिङमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनचाँदीको मूल्य बढ्यो

नमोबुद्ध जात्रामा भक्तजनको घुइँचो

‘होम एन्ड अवे’ प्रणालीमा खेलाउन रङ्गशाला निर्माणको तयारी तीव्र

सभामुख अर्यालसँग राजदूत पार्कको भेट

यो पनि पढ्नुहोस
सम्बाददाता