नमोबुद्ध जात्रामा भक्तजनको घुइँचो

राष्ट्रिय समाचार समिति

मंसिर ८, २०८३

बनेपा (काभ्रे)।  काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ स्थित धार्मिक तथा पर्यटकीयस्थल नमोबुद्धमा आज परम्परागत जात्राको मुख्य दिन मेला तथा विशेष पूजाआजा भइरहेको छ ।
जात्राको मुख्य दिन आज पूर्णिमाका अवसरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । नमोबुद्ध गुठीका अध्यक्ष लोप्साङ बज्र लामाका अनुसार जात्राको पहिलो दिन सोमबार दिवङ्गत पितृको सम्झनामा रातभर दीप प्रज्ज्वलन गरिएको थियो ।
राजकुमार महासत्वले भोकले छटपटाइरहेकी बघिनी र उनका पाँच डमरुको प्राण बचाउन आफ्नो शरीर अर्पण गरेको स्मरणमा यो जात्रा मनाउने गरिएको नगरप्रमुख कुन्साङ लामाले बताउनुभयो । त्यसलाई त्याग र करुणाको अर्थमा लिने गरिएको छ ।
उहाँका अनुसार कात्तिक पूर्णिमाको धार्मिक मेलालाई लक्षित गरी नगरपालिकाले आज स्थानीय बिदा दिएको छ । जात्रामा सहभागी भक्तजनको सहजताका लागि नगरपालिका, स्थानीय गुठी तथा सुरक्षा निकायले आवश्यक व्यवस्थापन गरेका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

धादिङमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनचाँदीको मूल्य बढ्यो

नमोबुद्ध जात्रामा भक्तजनको घुइँचो

‘होम एन्ड अवे’ प्रणालीमा खेलाउन रङ्गशाला निर्माणको तयारी तीव्र

सभामुख अर्यालसँग राजदूत पार्कको भेट

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति