बस र माइक्रो एक आपसमा जुध्दा ४ जनाको मृत्यु , १४ घाइते

चैत १६, २०७१

१६ चैत धादिङ –पृथ्वी राजमार्ग अन्र्तगत धादिङको जोगीमारा गाँउ विकास समितिको वडा नं ९ स्थित खटौती खोला नजिकै  सोमबार दुई सवारी साधन एक आपसमा ठक्कर खाँदा ४ जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

मृत्यु हुनेमा माइक्रोका चालक सहित विदेशी पर्यटक रहेको प्रहरी नायव उपरीक्षक प्रकाश मल्लले जानकारी दिनुभयो ।  काठमाडौँदेखि कपिलबस्तुका लागि हिँडेको लु  १ ख ९५९३ नम्बरको यात्रुवाहक बस र पोखराबाट काठमाडौँ जादै गरेको बा १ प १०२८ नम्बरको पर्यटकिय माइक्रोबस एक आपसमा ठोक्किदा १४ जना घाइते भएका छन् ।

घाइतेहरुको गजुरी सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु भएकाहरुको पहिचान खुल्न सकेको छैन । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

No data was found
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

‘त्रिपुरेश्वर घटनालाई सामान्य घटनाको रूपमा नहेरियोस्’

टेलिकमद्वारा भदौमा १३ स्थानमा नयाँ टेलिफोन टावर जडान

सियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित

त्रिपुरेश्वर बस आगलागीः मृतक अर्जुन दोङको पहिचान

प्रधानमन्त्री शाह र मलेसियाका समकक्षी इब्राहिमबीच टेलिफोन वार्ता

यो पनि पढ्नुहोस