गायीका भगवती उप्रेतीको “दुख्छ मुटु कुटुक्क” ५ मनोनयनमा

चैत्र २१, २०७१

vhagwati
धादिङ – धादिङमा जन्मिएकी गायीका भगवती उप्रेतीको गीत प्रथम सुन्दरादेवी वाग्मती अञ्चल स्तरीय लोकदोहरी अवार्डको मनोनयनमा परेको छ ।

गायीका उप्रेतीको ” दुख्छ मुटु कुटुक्क ” भन्ने गीत उत्कृष्ट शब्द तर्फको ५ मनोनयनमा परेको हो । आगामी २०७२ बैशाख ११ गते नुवाकोटको विदुरमा हुने अवार्ड कार्यक्रमका लागि उहाँसँगै ४ जना प्रतिस्पर्धामा हुनुहुन्छ ।

रेशम थिङको फुलको डाली, राम थापा शिशिरको पानी कलको, कुमार भण्डारी/इन्द्र लामाको पासाङ ल्हामु रोड, राम कुमार श्रेष्ठको रुवाउदै छोड्नेलाई रहेका छन् ।

आफ्नो गीत उत्कृष्ट शब्दको मनोनयनमा परेपछि गायीका उप्रेतीले सबै धादिङबासीलाई भोट गर्नका लागि आग्रह गर्नुभएको छ । उहाँको गीतलाई भोट गर्नका मोबाइलको म्यासेज बक्समा गएर (BLA 018 send 4243) BLA स्पेशटाइप गरी एक स्पेश छोडेर BLA टाइप गरी 4243 मा पठाउनु पर्नेछ ।

सुन्दरादेवी सन्देश साप्ताहिकले पहिलो पटक बाग्मती अञ्चल भित्रका विभिन्न कलाकारहरुको हौसला बढाउने उद्देश्यले अवार्ड कार्यक्रमको आयोजना गरिएको हो । अवार्ड ९ वटा विधामा प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

चीन–नेपाल सुरक्षा सहकार्यमा जोड

सीमा सुरक्षादेखि ‘डिजिटल’रूपान्तरणमा सशस्त्र प्रहरी

देशका अधिकांश भागमा मेघगर्जनसहित वर्षाको सम्भावना

राष्ट्रपतिबाट सहकारीसम्बन्धी अध्यादेश जारी

‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’

विद्युत् प्राधिकरणको ‘डिजिटल पूर्वाधार कम्पनी’ सञ्चालनमा

यो पनि पढ्नुहोस