रक्सीको नशामा श्रीमानको हत्या

बैशाख ६, २०७२

६ बैशाख,   धादिङ – धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर २ तीनघरेमा श्रीमतीले श्रीमानको हत्या गरेका छन् ।

निलकण्ठ नगरपालिका वडा नम्बर १ निवासी ४५ वर्षिय कृष्ण परियारको उनकै श्रीमती दुर्गा परियारले ढोकामा लगाउने आगलोले हानेर हत्या गरेका हुन् । नशालु पदार्थ खाएर तिनघरे स्थित एक किराना पसलमा श्रीमान श्रीमतिको विवाद भएपछि टाउकोमा अगुला प्रहार गर्दा कृष्णको मृत्यु भएको हो ।

रक्सीको मातमा रहेका श्रीमती दुर्गा र श्रीमान कृष्ण बीच पैसाको निहुँमा धकेलाधकेल हुँदा हुँदै श्रीमति दुर्गाले श्रीमानको टाउकोमा अगुलो प्रहार गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । टाउकोमा गम्भीर चोट लागेर घाईते भएका कृष्ण परियारलाई उपचारको लागी सदरमुकाम धादिङवेशी ल्याईदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।
उनीहरुको पाँच छोरा छन् । दुई भाई छोरा बैदेशिक रोजगारीमा, एक भाई कामको शिलशिलामा काठमाण्डौमा र साना उमेरका दुई भाई घरमा नै रहेका छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

एरिका गुरुङ कराते वान प्रिमियर लिगको फाइनलमा

भोट नहाल्ने नेताहरुको खोजी भइरहेको छ : माधव नेपाल

जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी

नेपाल–भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन सुरु

अग्रज कलाकार मुल्मीको ‘प्रतिविम्ब’ कला प्रदर्शनी

पूर्वाधारका पर्खाइमा सोवाङधुरी : हिमाल र सूर्येदय हेर्न आकर्षकस्थल  

यो पनि पढ्नुहोस