पृथ्वी राजमार्गका ९ ठाउँ पहिरोको जोखिममा, आपूर्तिमा बाधा पुग्न सक्ने

जेठ १८, २०७२

CFxPReMUMAEU7MC

१८ जेठ, काठमाडौं – वाणिज्य तथा आपूर्ति मन्त्रालयले बढी व्यस्त पृथ्वी राजमार्गको चितवन-नागढुंगाका नौ ठाउँलाई पहिरोको उच्च जोखिममा राख्दै आपूर्तिमा बाधा पुग्ने सम्भावना औंल्याएको छ ।

वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागका महानिर्देशक शम्भु कोइराला संयोजकत्वको समितिले स्थलगत अनुगमनबाट भूकम्प र परकम्पका कारण पृथ्वी राजमार्गका विभिन्न नौ ठाउँमा पहिरो आउने सम्भावना बढी रहेको बताएको हो । समितिले प्रतिवेदन मन्त्रालयमा बुझाइसकेको छ ।‘आपूर्तिको दृष्टिकोणले पृथ्वी राजमार्गका कुन-कुन ठाउँमा असहज हुन सक्छ भनेर स्थलगत अनुगमन गरेका थियौं ।’ वाणिज्य सचिव ङइन्द्र उपाध्यायले भने, ‘धेरै ठाउँमा पहिरो जोखिम रहेछ ।’ मन्त्रालयले पहिरोको जोखिम भएका ठाउँमा यान्त्रिक उपकरण र प्राविधिक जनशक्ति तैनाथ राख्न सम्बन्धित निकायलाई पत्राचार गरिसकेको  छ ।‘कुन निकायले के गर्नुपर्छ भनेर स्पष्ट रुपमा भनिसकेका छौं,’ उपाध्यायले भने, ‘केही समयपछि फलोअप गछौं ।’

राजमार्गका कुन-कुन ठाउँमा खतरा
· चितवनको जलवीरे आसपास
· चितवनको सिमलटार र फिस्लिङ
· रामनगरको पानी ट्यांक
· मुग्लिन-नारायणगढ सडकको खहरे खोला र कालीखोलाबीच
· धादिङको विशालटारबाट मौवा खोला पुलसम्म
· खास्टेखोला र मछेडीखोला पुल
· ट्याङलाफाँटदेखि फ्याप्रे खोलासम्म
· धार्के बजार नजिक महेशखोला पुल
· सोप्याङ खोलाको पुल
कारोबार दैनिकबाट

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

सामूहिकखेती पद्धतिलाई प्रोत्साहन गर्दै हेटौँडा उपमहानगर

ट्राफिक कारबाहीमा १९ लाख ३१ हजार राजस्व सङ्कलन

रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा

यो पनि पढ्नुहोस