भूकम्पपछि घर बनाउन वन फँडानी तीब्र रुपमा बढ्दै

जेष्ठ २७, २०७२

community-forest
धादिङ – भूकम्प गएपछि अस्थायी घर टहरा निर्माण गर्नका लागि वन फँडानी तीब्र रुपमा बढेको छ ।

बैशाख १२ गतेको विनासकारी भूकम्पले घर गोठको क्षति पु¥याएपछि अस्थायी घर बनाउन भन्दै स्थानीयहरुले वन फाँडानी गर्न थालेका हुन् । घर बनाउन भन्दै धादिङको कल्लेरी गाउँ विकास समिति वडा नं. ६ मा रहेको बनदेवी सामूदायिक बन तिब्र रुपमा फँडानी गरिएको छ । सामुदायिक वनमा आफूले कोही कसैलाई काठ दाउरा काट्न नदिएको भए पनि जवरर्जस्ती वन फँडानी भइरहेको बनदेवी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष बालकृष्ण खतिवडाले बताउनुभयो ।

स्थानीयहरुले घर टहरा निर्माण गर्ने बहानामा अनियमित रुपमा फँडानी गर्दा आफूले पटक–पटक वन नमास्न आग्रह गरेको उहाँले बताउनुभयो । खतिवडाका अनुसार वनदेवी सामुदायिक वनको ठूला प्रकारका ११ वटा रुख र साना प्रकारका ५० भन्दा बढी रुख काटि सकेको छ । स्थानीय प्रेमबहादुर राना र तुलबहादुर राना लगायतले आफूहरुलाई रुख काट्न दिएको बताउँदै आएका खोमबहादुर थापाले बताउनुभएको छ ।

यस अघि वन काटिएको गुनासोपछि इलाका वन कार्यालय बैरेनीबाट गणेश देबकोटाको नेतृत्वमा गएको वनका प्रतिनिधिहरुलाई भने खोमबहादुरले आफूले रुख काट्न अनुमति दिएको वनका अध्यक्ष खतिवडाले बताउनुभयो ।
त्यस्तै ग्रामीण क्षेत्रमा रहेका सामुदायिक वनहरु पनि अस्थायी घर टहरा निर्माण गर्नका लागि भन्दै स्थानीयहरुले फँडानी गर्न थालेका छन् । वर्षा लाग्नै लाग्दा व्यवस्थित घरको निर्माण गर्न वनबाट सामग्री जुटाउन थालेका हुन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

ट्राफिक नियम उल्लङ्घन भएमा लाइसेन्स र ब्लुबुक नखोजिने

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

चीन–नेपाल सुरक्षा सहकार्यमा जोड

सीमा सुरक्षादेखि ‘डिजिटल’रूपान्तरणमा सशस्त्र प्रहरी

देशका अधिकांश भागमा मेघगर्जनसहित वर्षाको सम्भावना

राष्ट्रपतिबाट सहकारीसम्बन्धी अध्यादेश जारी

‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’

यो पनि पढ्नुहोस