भुकम्प पीडितलार्इ शेर्पाको सहयोग

असार २, २०७२

sherpa help
धादिङ – भुकम्प पीडितलाई सहयोग गर्ने क्रममा अहिले पनि धेरै सांगीतिक क्षेत्रका व्यक्तिहरु लागिरहेका छन् ।

कोहि स्टेज सो मा त कोहि एल्बम बिक्रि गरेको पैसा दिएर तथा कोहि सिधै भुकम्प पीडितको घर टहरा बनाएर सहयोग गरिरहेका छन् । यसै क्रममा गायक तथा भिडियो निर्देशक फुर्बा शेर्पाले नुवाकोटको बुधसिङ्गको वडान ९ र काठमाण्डौँको नयाँपाटी पुगेर भुकम्प पीडितलार्इ सहयोग गर्नुभएको छ ।

उहाँले आफ्नो फ्रान्सेली मित्र गुइलायम भर्नियरसँग सहकार्यमा नुवाकोटमा भुकम्पबाट अतिनै प्रभाबित रहेको ठाउँ पश्चिम धादिंगको सिमानासंग जोडिएको बुधसिङ्ग९ का ३२ घर परिवार लाइ रेडियो, सोलार लालटिन, झुल साबेल, आदि को सहयोग गर्नुभएको छ।

 sherpa helpp

त्यस्तै काठमाण्डौँ को नयाँपाटीका करिब १५ घर धुरी लाइ टहरा को लागी जस्तापाता सहयोग गर्नुभएको छ । साथै सिन्धुपाल्चोक जिल्ला बाट बिस्तापित भई काठमाडौंका शिविरमा रहेकाहरुका लागि पानी ट्यांकी को व्वस्ता समेत मिलाएका छन् ।

शेर्पाको टोलीले सोहि शिविरमा रहेका करिब २२५ जनालाई फुरलाक्पा शेर्पा को पहल मा १ छाक खानाको पनि व्वस्था गरिएको थियो साथै बालबालिकालाई पाठ्य र खेलकुद सामग्री समेत बाडिएको थियो ।

sherpa help 2

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

प्रतिनिधिसभा बैठक बस्दै

धादिङको बैरेनीमा तीन सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

शिक्षामन्त्रीसँग संयुक्त राष्ट्रसङ्घ नियोगका प्रतिनिधिहरुको शिष्टाचार भेटवार्ता

सदनको संयुक्त बैठकमा राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत

घुस लिएको अभियोगमा मुद्दा दायर

सुशासनको साझा लक्ष्य प्राप्तिका लागि पूर्वाग्रहभन्दा माथि उठौँः अध्यक्ष दाहाल

स्वामस्थ्यन्त्री मेहताद्वारा सरसफाइ सप्ताह अभियानको शुभारम्भ

यो पनि पढ्नुहोस