भुकम्पबाट ध्वस्त विद्यालयमा अस्थायी शिक्षण केन्द्र निर्माण हुँदै

श्रावण २, २०७२

महेश्वर सुबेदी

naubeshi school 2

नौबिसे (धादिङ) – धादिङको नौबिसे १ मा रहेको कालिदेबी निम्न माध्यमिक विद्यालयमा अस्थायी सिक्षण केन्द्र निर्माण भइरहेको छ ।

विद्यालय व्यवस्थापन समितिका सदस्य सरोज लामा र पुर्व सदस्य ज्ञानु थापा मगरको पहलमा कोरियन नागरिकहरुबाट प्राप्त २ हजार डलर र शैक्षिक आयोग नेपाल मार्फत प्राप्त एक लाख ५० हजार सहयोगले अस्थायी शिक्षण केन्द्र निर्माण भैरहेको प्रध्यानाध्यापक धुव्र प्रसाद चापागाईँले बताए  ।

६ कोठे आर सि सि युक्त भवन भुकम्पका कारण पुर्ण रुपमा क्षति भएको र एक वटा ब्लक मात्र सुरक्षित रहेकाले अहिले विद्यार्थी पढाउने ठाउँको अभाव भएको छ । २ सय ३१ जना विद्यार्थी रहेको विद्यालयमा एकै ठाउँमा विद्यार्थीलाई राखेर पढाउँदा होहल्ला हुने र पढ्न तथा पढाउन असहज हुँदा बिहान र दिउँसो दुई चरणमा पढाउँदै आएको र कक्षा कोठा नहुँदा चौरमा नै पढाउनु परेको प्रध्यानाध्यापक चापागाईँले बताए ।

naubeshi school 1

सुरुमा प्रयास नेपाल धादिङले अस्थाई सिक्षण केन्द्र बनाईदिने आश्वासन दिएकाले बाँस लगायत आवश्यक सामाग्री तयार गरको तर सम्पर्कमा नआएपछि समस्या भएको बताउँदै उनले विभिन्न निकायको सहयोगमा अस्थायी शिक्षण केन्द्र निर्माण गर्न सहज भएकोे जानकारी दिए ।

त्यस्तै शान्ति मन्त्रालयको शान्ति कार्यक्रम अन्र्तगत ३ बर्षे योजना अनुसार जिविस धादिङबाट आएको सहयोगले पक्की भवन निर्माण भैरहेकाले छिटो सम्पन्न गरेर भुकम्प अगाडिकै अवस्थामा पठनपाठन सञ्चालन गरिने बताए । ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

गणित शिक्षा परिषद धादिङको अध्यक्षमा उत्तम भट्ट चयन, गणितलाई व्यवहारिक बनाउने उद्घोष

नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ

भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरो : सञ्चारमन्त्री डा तिमिल्सिना

चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ

ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व सङ्कलन

विश्वकप आयोजक अमेरिकाको उत्कृष्ट जित

आजको मौसम कोशीमा भारी वर्षाको सम्भावना

यो पनि पढ्नुहोस